चार महिनामा व्यापार घाटा साढे चार खर्ब नाघ्यो « Khabarhub

चार महिनामा व्यापार घाटा साढे चार खर्ब नाघ्यो


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल रु चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार बराबरको व्यापारघाटा व्यहोरेको हो ।

भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल रु पाँच खर्ब ६३ अर्ब छ करोड ८८ लाख ५४ हजार बराबरको वैदेशिक व्यापार गर्दा रु पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख बराबरको आयात गरेको छ भने रु ५० अर्ब ५६ करोड ५३ लाख बराबरको मात्रै निर्यात गरेको छ ।

गत आवको पहिलो चौमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ७९, निर्यात सात दशमलव ६८, व्यापार घाटा तीन दशमलव ३४ र समग्र वैदेशिक व्यापार चार दशमलव १५ प्रतिशतले घटेको छ ।

नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारत हो । चालु आवको पहिलो चौमासिक अवधिमा नेपालले भारतसँग कूल रु तीन खर्ब ४७ अर्ब तीन करोड बराबरको व्यापार गर्दा रु दुई खर्ब ८१ अर्ब दुई करोड बराबरको व्यापार घाटा व्यहोरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ३ : २९ बजे

नेपालद्वारा कर्नाटकलाई १८९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले

पत्रकार र निजी क्षेत्रमाथि धरपकड नगर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधन, सरकारको कार्यशैली,

कांग्रेस बैठकका निर्णय : संविधान संशोधनका लागि आयोग बनाउन माग

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधन सुझाव आयोग गठन गर्न माग

जब किशोर श्रेष्ठलाई पक्रिन दौडिएको प्रहरी दुवै पटक खाली हात फर्कियो

काठमाडौं- आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई

धर्ना बसेका सहकारी-लघुवित्तपीडित भेट्न पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिनदेखि धर्नामा रहेका सहकारी-लघुवित्तपीडितलाई भेट्न पुल्चोक