भारतमा सुरूङभित्र फसेका ४१ श्रमिकको उद्धार प्रयास जारी « Khabarhub

भारतमा सुरूङभित्र फसेका ४१ श्रमिकको उद्धार प्रयास जारी


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

देहरादुन- भारतको उत्तराखण्ड राज्यस्थित उत्तर काशीमा निर्माणाधीन सुरुङ भत्किएको १३ औँ दिनसम्म सुरुङमा फसेका ४१ जनाको उद्धार गर्ने प्रयास जारी छ । ४१ जना कामदारको उद्धार कार्यमा केही प्रगति भएको उद्धारमा संलग्न टोलीले बताएको छ ।

गत कात्तिक २८ गते सिल्क्यारादेखि बारकोटसम्म निर्माणाधीन सुरुङको केही भाग भत्किएर सुरुङको सिल्कियारातर्फको ६० मिटर क्षेत्रमा खसेको पहिरोले ४१ जना कामदारलाई भित्र थुनेको थियो । कामदारहरू सरूङको निर्माण पूरा भएको दुई किलोमिटरभित्र फसेका छन् ।

भग्नावशेषबाट ड्रिल गर्न प्रयोग गरिने अमेरिकी विशाल ओगर मेशिन राख्ने २५ टनको कङ्क्रिटको संरचना बनाई उद्धारक्रममा बिग्रिएको पाइप मर्मत गर्ने का ‘वेल्डर’ ले शुरू गरिसकेको र मर्मतपछि उद्धार कार्यहरू चाँडै पुनः सुरु हुने अपेक्षा गरिएको उद्धार टोलीलाई उद्धृत गरी प्रहरीले जनाएको छ ।

उपकरण राखिएको संरचनामा बिहीबार उद्धार कार्य जारी रहँदा केही समस्या आएपछि भग्नावशेषमा तेर्सो ड्रिलिङको प्रक्रिया रोक्नुपरेको थियो ।

सरकारी बुलेटिनका अनुसार शुक्रबार बिहान १ः१० मा नवौं पाइपलाई सुरूङतर्फ पठाउने क्रममा थप १.८ मिटर दबेपछि अचानक सानो कम्पन देखिएको थियो ।

“वेल्डरको टोली पाइपभित्र पसेर बेन्ड पाइप काट्ने काम भइरहेको छ । पाइप मर्मतको काम सकेपछि पुनः मेसिनमार्फत् पाइपलाई पठाइनेछ,” विज्ञप्तिमा भनिएको छ । यद्यपि पाइपको अन्य स्थानमा क्षति भएको छ वा छैन भनी परीक्षण गर्न मेसिनलाई निकाल्नुपर्ने र परीक्षणपछि काम थालिने छ ।

पाइप ड्रिलिङ मेशिनको नजिकबाट पाइप गहिराहीमा पठाउनका लागि जनशक्तिलाई सुरक्षित मार्ग प्रदान गर्न ६७ मिटर (१८७ मिटरदेखि १२० मिटर) लम्बाइका लागि कंक्रिट कल्भर्ट ब्लक, ह्युम पाइप र स्टिल पाइप राखेर आपतकालीन सुरक्षित मार्ग निर्माण गरी काम सम्पन्न भएको छ । फसेका कामदारहरु सकुशल रहेको बुलेटिनमा उल्लेख छ ।

“वायर कनेक्टिभिटीसहितको परिमार्जित सञ्चार प्रणाली राज्य विपद् प्रतिकार्य बलले पहिले नै जोडिसकेको छ र यसमार्फत फसेका व्यक्तिसँग नियमित रूपमा स्पष्ट सञ्चार भइरहेको छ ।

त्यहाँ रहेका मानिसहरूले आफू सुरक्षित रहेको बताएका छन् । पाइपको प्रयोग गरी नियमित अन्तरालमा सुरूङभित्र ताजा पकाएको खाना र ताजा फलफूल पठाउने गरिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ३ : ४१ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख

आज २०८३ साल वैशाख १८ गते शुक्रबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया