राजतन्त्र फर्काउने प्रयास मूर्खताबाहेक केही होइन : अध्यक्ष ओली « Khabarhub

राजतन्त्र फर्काउने प्रयास मूर्खताबाहेक केही होइन : अध्यक्ष ओली


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले फ्याँकेको राजतन्त्र फर्काउने प्रयास मूर्खताबाहेक केही नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले वाक्क दिक्क भएर १५ वर्षअघि फ्याकेको राजतन्त्र फर्काउने प्रयास चेतना नभएको मुर्खता भएको टिप्पणी गरेका हुन् ।

राजतन्त्रलाई राजनीतिक, वैचारिक र सैद्धान्तिक रुपमा कुनै हिसाबले पनि चेतनै नभएका मर्खहरुले मात्रै मान्ने उनको भनाइ छ । ओलीले राजतन्त्रकै कारण तत्कालीन अवस्थामा शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार क्षेत्रमा विकास हुन नसकेको धारणा राखे । अहिले मरेको प्रेतका पछाडि केहि व्यक्ति लागिपरेको अवस्थामा युवा संघले मात्रै परिवर्तनको पक्षमा आवाज उठाएको भन्दै धन्यवाद दिए ।

त्यस्तै, अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारकै कारण परिवर्तन विरोधी सल्बलाउन थालेको आरोप लगाए । जग नै नभएका कारण वर्तमान सरकार सानो समूहको प्रदर्शनबाट तर्सेको उनको भनाइ छ । जनतामा निराशा हुनु देशका लागि खतरनाक कुरा भएकाले सरकारले जनतालाई आशावादी बनाउनुपर्ने उनले बताए ।

त्यस्तै अध्यक्ष ओलीले युवा जमातमा देखिएका निराशालाई युवाहरुले नै समाधान खोज्दै निराशा हटाउनुपर्ने बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ४ : ३० बजे

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने

अनुमगनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना

काठमाडौं– नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,