‘बले’ को होटलमा पूर्वराजा ज्ञानेन्द्रको बास « Khabarhub

‘बले’ को होटलमा पूर्वराजा ज्ञानेन्द्रको बास


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30.1k
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाको मेचीनगर पुगेका छन् । शनिबार बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न शुक्रबार उनी झापा आइपुगेका हुन् ।

पूर्वराजा शाहको आजको बास मेचीनगरको ईटाभट्टामा रहेको फाइभ स्टार होटल मेची क्राउनमा हुने छ । यो होटलका सञ्चालक ‘बले’ भनिने बलराम सापकोटा हुन् । सापकोटा झापामा केपी ओली निकट व्यवसायीका रुपमा चिनिन्छन् ।

सम्पत्ति शुद्धीकरण विभागले बलराम र उनकी पत्नीविरुद्ध २०७७ सालमा स्रोत नखुलेको अकूत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको थियो ।

काभ्रे र झापामा १३ बिघा जग्गा फेला परेको भन्दै उनको करिब एक अर्बको सम्पत्ति जफत गर्न मागदाबी गरिएको थियो । उनै सापकोटाले सञ्चालन गरेको होटलमा पूर्वराजा बास बसेका हुन् ।

शनिबार बिर्तामोडको इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रम छ । कलेजले कार्यक्रमको आयोजना गरे पनि यसको तारतम्य राप्रपाले गरेको हो । पूर्वराजाको स्वागतका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनदेखि झापामै छन् ।

यो पनि…
राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंको तानातानमा पूर्वराजा

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ६ : ०७ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि