‘बले’ को होटलमा पूर्वराजा ज्ञानेन्द्रको बास « Khabarhub

‘बले’ को होटलमा पूर्वराजा ज्ञानेन्द्रको बास


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30.1k
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाको मेचीनगर पुगेका छन् । शनिबार बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न शुक्रबार उनी झापा आइपुगेका हुन् ।

पूर्वराजा शाहको आजको बास मेचीनगरको ईटाभट्टामा रहेको फाइभ स्टार होटल मेची क्राउनमा हुने छ । यो होटलका सञ्चालक ‘बले’ भनिने बलराम सापकोटा हुन् । सापकोटा झापामा केपी ओली निकट व्यवसायीका रुपमा चिनिन्छन् ।

सम्पत्ति शुद्धीकरण विभागले बलराम र उनकी पत्नीविरुद्ध २०७७ सालमा स्रोत नखुलेको अकूत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको थियो ।

काभ्रे र झापामा १३ बिघा जग्गा फेला परेको भन्दै उनको करिब एक अर्बको सम्पत्ति जफत गर्न मागदाबी गरिएको थियो । उनै सापकोटाले सञ्चालन गरेको होटलमा पूर्वराजा बास बसेका हुन् ।

शनिबार बिर्तामोडको इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रम छ । कलेजले कार्यक्रमको आयोजना गरे पनि यसको तारतम्य राप्रपाले गरेको हो । पूर्वराजाको स्वागतका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनदेखि झापामै छन् ।

यो पनि…
राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंको तानातानमा पूर्वराजा

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ६ : ०७ बजे

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर