राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंको तानातानमा पूर्वराजा | Khabarhub Khabarhub

राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंको तानातानमा पूर्वराजा

झापाका राजावादीलाई धपेडी 


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नौ महिना पहिले झापाको काँकडभिट्टामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई निम्त्याएर ‘नागरिक बचाऔँ महाअभियान’ को उद्घाटन गराएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरिरहेका छन् । प्रसाईंले कार्यक्रममा झापाबाट समेत राजावादीहरुलाई काठमाडौं उतार्ने बताएका छन् । जब कि त्यसको भोलिपल्टै, मंसिर ८ गते पूर्वराजा ज्ञानेन्द्र झापाको मेचीनगरमा बास बस्ने गरी जाँदैछन् । पूर्वराजा ज्ञानेन्द्रलाई मंसिर ८ गते झापामा स्वागत गर्नेहरुको लाइनमा दुर्गा प्रसाईंका समर्थक खटिने छैनन्, त्यहाँ राप्रपाका कार्यकर्ताहरू मात्र पुष्पगुच्छा बोकेर पुग्नेछन् ।

पूर्वराजाले मलाई विश्वास गर्नुभो : प्रसाईं

गत फागुन १ गते झापामा पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारस शाहलाई बोलाएर कार्यक्रम गरेपछि हौसिएका प्रसाईंले राजेन्द्र लिङ्देनलाई हाँक दिँदै आएका थिए ।अब लिङदेनले राजतन्त्र फर्काउन नसक्ने, आफूले मात्र सक्ने बताउँदै प्रसाईंले पूर्वराजाको विश्वास आफूसँग रहेको दाबी गर्दै आएका थिए ।

लिङ्देनबारे प्रसाईंले युट्युबरलाई दिएको एउटा प्रतिक्रिया यस्तो थियो–

‘मैले राजेन्द्र लिङ्देन दाइलाई नराम्रो कहिल्यै भनेको छैन । राजेन्द्र लिङदेन दाइले चालेका स्टेपहरु नराम्रा हुन् भनेको छु । उहाँ राजा ल्याउने भन्नुहुन्छ, गणतन्त्रमा जानुहुन्छ । हिन्दूको कुरा गर्नुहुन्छ, त्यस्तै ढाँट्नुहुन्छ । आमाको रगत नखाने भन्नुहुन्छ, साराका सारा पत्रपत्रिकामा आइराखेको छ । उहाँलाई त पुगिसक्यो त । महाराजधिराजले मलाई विश्वास गर्नुभो । युवराज पारसले मलाई विश्वास गर्नुभो । उहाँ (लिङ्देन) लाई विश्वास गर्नुभएन त अब मैले के गर्ने ? उहाँले पनि त सुनको बग्गीमा हालेर लानु नि । राजाले जति मान्छे चिनेका छन्, राजेन्द्र लिङ्देनले चिनेको रहेनछ ।’

जब पूर्वराजा र राजेन्द्र लिङ्देनबीच भेट भयो….. 

गत महिना राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अमेरिका भ्रमणमा गएका थिए । १२ दिनको अमेरिका बसाइपछि नेपाल फर्केको भोलिपल्टै कात्तिक २३ गते पूर्वराजा ज्ञानेन्द्र शाह र लिङ्देनबीच काठमाडौंमा भेटवार्ता भयो । यो भेटवार्तापछि दुर्गा प्रसाईंको दाबी खण्डित भएको राप्रपाका नेताहरु बताउँछन् । राप्रपाका एक केन्द्रीय सदस्यले खबरहबसँग भने, ‘पूर्वराजाले आफू व्यक्तिको पछाडि नभएर संस्थागत शक्तिकै पक्षमा रहेको बताएका छन् । पूर्वराजाको यो अभिव्यक्तिपछि राप्रपा र पूर्वराजाबीचको सहकार्य बढेको छ ।

मंसिर ८ गते हुन लागेको पूर्वराजाको झापा भ्रमण यसैको परिणाम हो । बिर्तामोडको इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा पृथ्वी नारायण शाहको पूर्णकदको शालिक बनेको छ । पूर्वराजा ज्ञानेन्द्र सोही शालिक अनावरणका लागि झापा जान लागेका हुन् ।

कार्यक्रमको आयोजना कलेजको आयोजनामा भए पनि यो भ्रमणको सम्पूर्ण तारतम्य राप्रपा अध्यक्ष लिङदेनले नै मिलाइरहेका छन् । पूर्वराजा झापा आउँदा शक्ति प्रदर्शन गर्ने भन्दै लिङ्देन अहिले झापामै बसेर तयारीमा जुटेका छन् ।

झापामा लिङ्देनले पूर्वराजालाई लगेर शक्ति प्रदर्शन गर्ने तयारी गरेपछि प्रसाईं भने चिन्तित देखिएका छन् । मंसिर ८  ज्ञानेन्द्र झापा जाने कार्यक्रमले काठमाडौंमा ७ गते गर्ने प्रसाईंको कार्यक्रम प्रभावित हुने देखिएको छ । किनभने दुई दिनमै काठमाडौं र झापा आउजाउ गर्न झापाका राजावादीहरुलाई धपेडी पर्नेछ ।

लिङ्देन र प्रसाईंको द्वन्द्व 

झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङदेनले चुनाव लडेकै ठाउँबाट दुर्गा प्रसाईंले ०७९ सालमा संसदीय चुनाव लड्ने तयारी गरेका थिए । त्यसबेलासम्म उनी नेकपा एमालेमै थिए । प्रसाईंले त्यसबेला केपी ओलीबाट टिकट पाउने आशमा सो क्षेत्रमा चुनावी प्रचार अभियान सुरु नै गरिसकेका थिए । गाउँमा मन्दिर बनाउनेदेखि भजन मण्डलीलाई आर्थिक सहयोग गर्ने सम्मका कामहरु थालेका थिए । तर, टिकट बाँड्ने बेलामा ओलीले सो क्षेत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई सघाउने आदेश दिए ।

यही घटनापछि प्रसाई ओलीसँग बिच्किएको एमाले नेताहरुको बताउँछन् । यो घटनापछि प्रसाईंले एकाएक एमाले मात्रै छाडेनन्, लिङ्देनभन्दा बढ्ता राजावादी बनेर पूर्वराजपरिवारलाई झापामा उतारे । त्यसपछि त उनले लि्ङदेनले नभएर आफूले मात्र राजतन्त्र फर्काउन सक्ने वकालत गर्न थाले । तर, पूर्वराजा र लिङ्देनबीचको भेटवार्ता पनि प्रसाईं ‘डिफेन्सिभ’ बनेको राप्रपाका नेताहरुको दाबी छ ।

हुन त दुर्गा प्रसाईं र राजेन्द्र लिङदेन दुबै राजतन्त्रकै पक्षमा छन् । तर, दुबै जना एकापसमा मिल्दैनन् । उनीहरु पूर्वराजालाई देखाएर आफ्नो शक्ति बलियो बनाउने होडमा केन्द्रित देखिएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ७ : ४५ बजे

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन : अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल