रणवीरको घाँटीको ट्याटु भइरल, के छ नाम ? | Khabarhub Khabarhub

रणवीरको घाँटीको ट्याटु भइरल, के छ नाम ?


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चकलेटी अभिनेता रणवीर कपुर यसबेला डिसेम्बर १ मा प्रदर्शनमा आउने चलचित्र ‘एनिमल’ को प्रमोसनमा व्यस्त छन् । यस चलचित्रमा मुख्य भूमिकामा देखिन लागेका रणवीर नायिका रस्मिका मन्दानासँग विभिन्न टेलिभिजनलाई अन्तर्वार्ता दिन व्यस्त छन् ।

बलिउडको स्थापित नायक भए पनि रणवीर सामाजिक सञ्जालमा भेटिदिँनन् । उनको आधिकारिक ‘सोसल मिडिया अकाउन्ट’ छैन सोही कारण रणवीरको व्यक्तिगत जीवनको बारेमा उनका फ्यानहरुले थोरै कुरा मात्र थाहा पाउँछन् जुन उनले अन्तर्वार्तामा भन्छन् ।

फिल्म प्रमोसनका दौरान उनले हाम्रा व्यक्तिगत र पारिवारिक कुरा समेटेका छन् । जहाँ उनले बुबा ऋषि कपुरको याद, आलियासँगको विवाह र आफ्नी छोरीबारे कुरा नयाँ–नयाँ खुलासा गरेका छन् ।

घाँटीको ट्याटु भाइरल

रणवीरले अन्तर्वार्ताको दौरान ‘अनस्टपएबल विथ एनबीके’ मा घाँटीमा ‘राहा’ लेखेको ट्याटु ‘रिभिल’ गरेका छन् । जुन क्लिपले निकै चर्चा बटुलेको छ । कतिपयले राहाको हो ? भनेरसमेत प्रश्न गरेका छन् । राहा उनको छोरीको नाम हो । आलिया र रणवीरको पहिलो सन्तानकी रुपमा उनी एक वर्षकी भएकी छिन् । केही समयअघि उनले पहिलो ट्याटुको रुपमा सन्तानको नाम खोप्ने बताएका थिए ।

फेरि छोरीको चाहाना

६ वर्ष प्रेम सम्बन्धमा बसेर २०२२ मा रणवीर र आलियाले विवाह गरेका थिए । प्रेमलाई सफल बनाएको यी जोडी अहिले वैवाहिक जीवन सफल बनाउन केन्द्रित छ । आलियाले आफ्नो करिअर उत्कर्षमा हरेकै बेला छोरीलाई जन्म दिइन् । छोरीको जन्मपछि आलिया फिल्मबाट टाढै छिन् ।

सो अन्तर्वार्तामा पहिलो सन्तानको रुपमा छोरीकै चाहाना पूरा भएको खुलाएका छन् । छोरीबारे उनी थप्छन्, ‘मैले जीवनमा यस्तो आनन्द अनुभव गर्छु भनेको सोचेको थिएन । यो कुरा मेरो अपेक्षा बाहिर थियो ।’ अब दोस्रो सन्तानको रुपमा पनि छोरीकै अपेक्षा गरेको रणवीरले खुलाएका छन् ।

रणवीरलाई स्वर्गिय बुबाको याद

रणवीरले आफ्ना बुबा ऋषि कपुरलाई दुई वर्षअघि मात्रै गुमाएका थिए । क्यान्सरको कारण उनको निधन भएको हो । उनले बलिउडमा ‘एग्रिसिभ म्यान’को पहिचान बनाएका थिए ।

टेलर लन्च कार्यक्रममा चलचित्रमा आफूले निर्वाह गरेको पात्र बाबुको स्वभावसँग मिल्ने रणवीरले खुलासा गरेका थिए । आफ्नो भूमिकाबारे तयार हुँदै गर्दा बाबुको याद आएको बताउँदै उनी भन्छन्, ‘मैले भूमिकाका लागि तयार गर्दा एक्कासी बाबुको याद आयो । उहाँ एग्रेसिभ भएर कुरा गर्नुहुन्थ्यो ।’

उनले आफ्नो बाबुको निधनको क्षतिबारे अझै राम्रोसँग बुझ्न नसकेकोसमेत बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : ०७ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १