रणवीरको घाँटीको ट्याटु भइरल, के छ नाम ? « Khabarhub

रणवीरको घाँटीको ट्याटु भइरल, के छ नाम ?


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चकलेटी अभिनेता रणवीर कपुर यसबेला डिसेम्बर १ मा प्रदर्शनमा आउने चलचित्र ‘एनिमल’ को प्रमोसनमा व्यस्त छन् । यस चलचित्रमा मुख्य भूमिकामा देखिन लागेका रणवीर नायिका रस्मिका मन्दानासँग विभिन्न टेलिभिजनलाई अन्तर्वार्ता दिन व्यस्त छन् ।

बलिउडको स्थापित नायक भए पनि रणवीर सामाजिक सञ्जालमा भेटिदिँनन् । उनको आधिकारिक ‘सोसल मिडिया अकाउन्ट’ छैन सोही कारण रणवीरको व्यक्तिगत जीवनको बारेमा उनका फ्यानहरुले थोरै कुरा मात्र थाहा पाउँछन् जुन उनले अन्तर्वार्तामा भन्छन् ।

फिल्म प्रमोसनका दौरान उनले हाम्रा व्यक्तिगत र पारिवारिक कुरा समेटेका छन् । जहाँ उनले बुबा ऋषि कपुरको याद, आलियासँगको विवाह र आफ्नी छोरीबारे कुरा नयाँ–नयाँ खुलासा गरेका छन् ।

घाँटीको ट्याटु भाइरल

रणवीरले अन्तर्वार्ताको दौरान ‘अनस्टपएबल विथ एनबीके’ मा घाँटीमा ‘राहा’ लेखेको ट्याटु ‘रिभिल’ गरेका छन् । जुन क्लिपले निकै चर्चा बटुलेको छ । कतिपयले राहाको हो ? भनेरसमेत प्रश्न गरेका छन् । राहा उनको छोरीको नाम हो । आलिया र रणवीरको पहिलो सन्तानकी रुपमा उनी एक वर्षकी भएकी छिन् । केही समयअघि उनले पहिलो ट्याटुको रुपमा सन्तानको नाम खोप्ने बताएका थिए ।

फेरि छोरीको चाहाना

६ वर्ष प्रेम सम्बन्धमा बसेर २०२२ मा रणवीर र आलियाले विवाह गरेका थिए । प्रेमलाई सफल बनाएको यी जोडी अहिले वैवाहिक जीवन सफल बनाउन केन्द्रित छ । आलियाले आफ्नो करिअर उत्कर्षमा हरेकै बेला छोरीलाई जन्म दिइन् । छोरीको जन्मपछि आलिया फिल्मबाट टाढै छिन् ।

सो अन्तर्वार्तामा पहिलो सन्तानको रुपमा छोरीकै चाहाना पूरा भएको खुलाएका छन् । छोरीबारे उनी थप्छन्, ‘मैले जीवनमा यस्तो आनन्द अनुभव गर्छु भनेको सोचेको थिएन । यो कुरा मेरो अपेक्षा बाहिर थियो ।’ अब दोस्रो सन्तानको रुपमा पनि छोरीकै अपेक्षा गरेको रणवीरले खुलाएका छन् ।

रणवीरलाई स्वर्गिय बुबाको याद

रणवीरले आफ्ना बुबा ऋषि कपुरलाई दुई वर्षअघि मात्रै गुमाएका थिए । क्यान्सरको कारण उनको निधन भएको हो । उनले बलिउडमा ‘एग्रिसिभ म्यान’को पहिचान बनाएका थिए ।

टेलर लन्च कार्यक्रममा चलचित्रमा आफूले निर्वाह गरेको पात्र बाबुको स्वभावसँग मिल्ने रणवीरले खुलासा गरेका थिए । आफ्नो भूमिकाबारे तयार हुँदै गर्दा बाबुको याद आएको बताउँदै उनी भन्छन्, ‘मैले भूमिकाका लागि तयार गर्दा एक्कासी बाबुको याद आयो । उहाँ एग्रेसिभ भएर कुरा गर्नुहुन्थ्यो ।’

उनले आफ्नो बाबुको निधनको क्षतिबारे अझै राम्रोसँग बुझ्न नसकेकोसमेत बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : ०७ बजे

जेन-जी आन्दोलनमा लागेका फौजदारी मुद्दा फिर्ता लिँदै गृहमन्त्री

काठमाडौं- दोस्रो पटक गृहमन्त्रीको कुर्सीमा पुगेका सुधन गुरुङले गत २०८२

अर्थमन्त्रीको स्पष्टीकरण : आर्थिक विधेयकमा करका दर हेरफेर भएको छैन, ईभी आयातमा सूचना चुहाएको आरोप पनि गलत

काठमाडौं- अर्थ मन्त्रालयले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर भ्रमपूर्ण प्रचार

कास्कीपछि पर्साबाट पनि रविलाई राहत, गम्भीर अपराधको मुद्दा अघि नबढ्ने

वीरगन्ज- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको ‘संगठित

पदभार ग्रहणका क्रममा गृहमन्त्री गुरुङ : अब सबै फाइल खुल्छन्, कसैलाई छोड्दिनँ

काठमाडौँ- गृहमन्त्रीका रुपमा दोस्रो पटक पदभार ग्रहणका क्रममा सुधन गुरुङले