विधवा भत्ता खान जिउँदो श्रीमानलाई मृत घोषणा « Khabarhub

विधवा भत्ता खान जिउँदो श्रीमानलाई मृत घोषणा


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछापको मन्थली नगरपालिका वडा नम्बर ३ मा अनौठो भ्रष्टाचार काण्ड भएको छ । स्थानीय एक महिलाले विधवा भत्ता खानका लागि वडासचिवसँग मिलेमतो गरेर आफ्ना जीवित पतिलाई मरेको भनी कागजात बनाएको पाइएको छ ।

स्थानीय निर्मला खत्रीले मन्थली नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष शिवकुमार महतोसँग मिलेमतो गरी आफ्नो जीवित पतिको मृत्यु दर्ता गराइन् । त्यसपछि उनले स्थानीय तहबाट मासिक रुपमा एकल महिला भत्ता थाप्न थालिन् । निर्मलाले अहिलेसम्म ४५ हजार रुपैयाँ भत्ता पचाइसकेकी छिन् ।

निर्मलाको सामाजिक सुरक्षा भत्ता परिचय पत्र बनाउन श्रीमानको मृत्युदर्ता सम्बन्धी विवरण भरेर वडा सचिव महतोले फर्जी लिखत तयार पारिदिएका थिए ।

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार वडा सचिव शिवकुमार महतो र निर्मला खत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन वडा सचिव महतोले निर्मला खत्रीसँगको मिलेमतोमा निर्मला खत्रीको जिवित श्रीमानको मृत्यु भएको भनी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

दुबै कसुरदारबाट ४५ हजार २ सय २० रुपैयाँ बराबरको बिगो असुलउपर गरी कारवाही गर्न अभियोगपत्रमा मागदाबी गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत बताएका छन् ।

हेर्नुहोस् अख्तियारको विज्ञप्ति–

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : १२ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको