गणतन्त्रका कारण महिला सशक्तीकरणमा सहयोग पुगेको छ : मन्त्री शर्मा | Khabarhub Khabarhub

गणतन्त्रका कारण महिला सशक्तीकरणमा सहयोग पुगेको छ : मन्त्री शर्मा


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

दाङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रका कारण महिला शसक्तिकरणमा सहयोग पुगेको बताएकी छन्।

दाङको लमही नगरपालिका–१ सुन्डवरीमा निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाको नवौंँ वार्षिक साधरणसभामा मन्त्री शर्माले गणतन्त्र स्थापना भएपछि छोरीलाई पनि सम्मानपूर्वक हेरिन थालेको बताइन् ।

मन्त्री शर्माले भनिन्, “अहिले महिला अधिकारका विषय संस्थागत बन्दै गएका छन्, महिलालाई बाहिर निस्कन नदिने समाजमा अहिले प्रत्येक क्षेत्रमा महिला अधिकारका विषय उठेका मात्रै छैनन् विस्तारै अनिवार्य बन्दै संस्थागत भएका छन् ।”

महिलाहरु केही गर्न सक्दैनन् भन्नेहरुलाई महिलाले चलाएका सहकारीले उदाहरणीय काम गरेर देखाइरहेको भन्दै मन्त्री शर्माले उद्यमको माध्यमबाट महिलाहरु उत्पादनसँग जोडिएकोमा खुसी व्यक्त गरिन । उत्पादित वस्तु तथा सेवालाई बजारीकरणको काममा स्थानीय सरकारले सहयोगी भूमिका निर्वा गर्न आवश्यक भएको बताइन्।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ९ : १७ बजे

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं – नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको

उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते

पोर्ट सुडान – सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र

भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक

ओखलढुङ्गा – यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्रकारले विद्यार्थीलाई

पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’

गण्डकी – यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।