गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सरसफाइ | Khabarhub Khabarhub

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सरसफाइ


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

चितवन –चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सरसफाइ सुरु गरिएको छ । आज भरतपुर महानगरपालिकाले सरसफाइ अभियान सुरु गरेको हो ।

चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको जग्गामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला लामो समयदेखि अलपत्र हुँदा काँसघारीले भरिएको थियो । तीन अर्ब लागत अनुमान गरी जनस्तरबाट सहयोग उठाएर निर्माण गर्ने गरी धुर्मुस सुन्तली फाउण्डेशनले विसं २०७५ मा क्रिकेट रङ्गशाला निर्माणको थालनी गरेको थियो ।

५० करोडभन्दा बढी रकम खर्च भइसकेको, १८ करोड ऋण रहेको र थप सहयोग जुट्न नसकेको भन्दै धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिकालाई रङ्गशालाको जिम्मेवारी सुम्पेर विसं २०७८ पुसमा कामबाट हात झिकेको थियो । त्यस यता रङ्गशाला निर्माणको काम अघि बढ्न सकेको छैन । सम्झौताभन्दा बाहिर गएर ऋण तिर्नुपर्ने देखाएपछि महानगरलाई काम अघि बढाउन कठिन भएको थियो ।

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले सहकार्य गरी रङ्गशाला बनाउने निर्णय गरेका छन् । यससँगै नेपाल सरकारले उक्त रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर अघि बढाउने निर्णय गरेको छ । सरकारका तीन वटै निकायले रङ्गशाला निर्माणमा चासो देखाएपछि अलपत्र परेको रङ्गशालामा सरसफाइ अभियान सुरु गरिएको हो ।

सरसफाइमा स्थानीय, विद्यार्थी, सामाजिक अभियानकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीलगायतको उपस्थिति रहेको थियो ।

सरसफाइ अभियानमा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले रङ्गशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेकाले अब रङ्गशाला बन्नेमा ढुक्क हुन सबैलाई आग्रह गरिन् । उनले राष्ट्रिय गौरवमा परेपछि अब बजेट अभाव नहुने र रङ्गशाला निर्माणलाई तीव्रता दिन महानगरपालिकाले आफ्नोतर्फबाट सम्पूर्ण शक्ति लगाउने बताइन् ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सरकारले राष्ट्रिय गौरवमा राखेपछि अब हामी स्थानीय सरकार र स्थानीयले पनि यसलाई आफ्नो सम्झेर सहयोग गर्नुपर्ने बताए । रङ्गशाला निर्माणमा जोडिनु भएका बागमती प्रदेश सभाका पूर्व प्रदेशसभा सदस्य विजय सुवेदीले रङ्गशाला निर्माण सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले निर्माण सँगसँगै सञ्चालनमा ल्याउने गरी काम गरिनुपर्ने बताए । उनले निर्माण पनि भइरहने विभिन्न खेलकुद प्रतियोगिता पनि गरिरहने गरी काम अघि बढाउनुपर्ने धारणा राखे।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ९ : ३२ बजे

मङ्गलबारसम्म बन्न सक्छ काङ्ग्रेस-एमाले गठबन्धन सरकार

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बन्ने

एकल महिला समूहले स्थापना गर्यो ‘शान्ति ग्यालरी’

काठमाडौं । मानव अधिकारका लागि महिला, एकल महिला समूहले बूढानीलकण्ठ–७

चीनद्वारा डिजिटल सवारी दर्ता लाइसेन्स जारी

बेइजिङ – चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार ६० सहरमा सवारी

मधेश प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा सुरक्षा

रोल्पा जीप दुर्घटना : सात जनाको मृत्यु, सात घाइते (अपडेट)

रोल्पा – रोल्पाको माडी गाउँपालिका–४ परेवाछहरामा जीप दुर्घटना हुँदा ज्यान