शिवजीको पूजामा किन शंख बजाउनु हुँदैन ! « Khabarhub

शिवजीको पूजामा किन शंख बजाउनु हुँदैन !


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

हामीले हिन्दुहरुका आराध्यदेव भगवान शिवको बारेमा धेरै कुरा सुनेका छौँ । शिव चाँडै नै प्रसन्न हुने भएकाले भोले बाबाको नामले पनि पुकारिन्छ ।

शिव केही सजिलो तरिकाले पुकारेमा पनि खुशी हुन्छन् । उनको पुजा गर्न साना साना नियम पालन गर्नु अनिवार्य हुन्छ ।

भगवान शिवको पुजा गर्दा गल्तीले पनि शंख बजाउनु हुँदैन । शिव पुराणका अनुसार कुनै जमानामा शङ्खचूड नामक एक महापराक्रमी दैत्य थिए । दैत्यराज दम्भका छोरा थिए ।

दैत्यराज दम्भले केही वर्षसम्म भगवान विष्णुको कठिन तपस्या गरे र उनले तीन लोकको लागि अजय र महापराक्रमी छोराको वरदान मागे ।

यति मात्र नभएर दम्भको छोरा शङ्खचूडले ब्रह्माजीको तपस्या गरेर उनले आफ्नो लागि अजेय हुने वरदान हासिल गरे ।

फलस्वरुप केही समयपछि तीनै लोकलाई आफ्नो स्वामित्वमा पारे । शङ्खचूडले गरेको अत्याचारबाट तीनै लोक नराम्रोसँग प्रभावित भए ।

मानिसमात्र नभएर देवताहरू पनि दुःखी थिए । यसबाट छुटकारा पाउनका लागि सबै जना शिवको शरणमा गए, तर शिवजी शङ्खचूडको वध गर्नमा असमर्थ थिए, किनकी शङ्खचूडलाई श्रीकृष्णको कवच र तुलसीको पतिव्रत धर्म प्राप्ति थियो ।

भगवान विष्णुजीले ब्राह्मणको भेषमा शङ्खचूडसँग श्रीकृष्णको कवच दानमा मागे । साथै शङ्खचूडको रुपमा तुलसीको शील पनि हरण गरे ।

यसपछि शिवजीले शङ्खचूडलाई आफ्नो त्रिशूलले भस्म गरिदिए । उनै शङ्खचूडको हड्डीबाट शङ्खको जन्म भएको मानिन्छ । यसैकारण शिवजीको पूजामा शङ्खको प्रयोग वर्जित गरिएको धार्मिक मान्यता छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ६ : २२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल