गुप्तेश्वर गुफाको आम्दानी एक वर्षमा पाँच करोड बढी « Khabarhub

गुप्तेश्वर गुफाको आम्दानी एक वर्षमा पाँच करोड बढी


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको पोखरा–१७ छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ रुपैयाँ आम्दानी भएको छ ।

गुप्तेश्वर महादेव गुफा संरक्षण समितिको २८औँ वार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार टिकट बिक्रीबाट चार करोड २८ लाख ५८ हजार चार सय ८०, दान पात्रबाट २७ लाख ४६ हजार नौ र सहयोग रसिदबाट ५१ लाख २७ हजार सात सय ५१, बैंक ब्याजबाट १८ लाख ३५ हजार ६ सय २७, सटरकबल आठ लाख ६८ हजार, कामधेनु गाईले चार लाख ६२ हजार आठ सय ६०, सदस्यता रसिद ४६ हजार र अन्य तीन लाख २३ हजार सात सय ६१ आम्दानी गरेको हो ।

पोखरा महानगरपालिका–१७ की वडाध्यक्ष राधिका शाही योगीले प्राकृतिक स्रोतको आम्दानीबाट विपन्न वर्गलाई सघाउन सुझाव दिइन् ।

साधारणसभामा गुफाको संरक्षणमा सहयोग गरेबापत गण्डकी प्रदेशसभा सचिव हरिराम पोख्रेल, धनुषा जिल्ला न्यायाधीश योगनाथ ढकाललाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १० : १५ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता