क्रिसमसकाे अवसरमा सिंगारीएका क्रिसमस ट्री (तस्बिरहरु)  | Khabarhub Khabarhub

क्रिसमसकाे अवसरमा सिंगारीएका क्रिसमस ट्री (तस्बिरहरु) 



काठमाडौं- क्रिश्चियन धर्मावलम्बीहरूको पर्व क्रिसमस डे भोलि मनाइँदैछ । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले यो पर्व मनाउने गर्दछन् । यस दिन उपहारहरु साटासाट गरिंदै, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरी गिर्जा घरहरुमा गएर क्रिसमस मनाइन्छ। क्रिसमस सुरु हुनु केही दिनअघि देखिनै विभिन्न किसिमका गिफ्ट तथा क्रिसमस ट्रीहरु सजाएर राख्ने गरिएको पाइन्छ ।

 क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाइने एक पर्व हो । यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक बिदा दिइन्छ । क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि सुरुवात हुन्छ ।

यस पर्वमा क्रिसमस ट्रीको विशेष महत्त्व छ । क्रिसमस ट्री सजावट धेरै वर्ष पहिले उत्तरी युरोपबाट सुरु भएको मानिन्छ । तर, त्यस बेला मेला नामको रुख सजाएर जाडो पर्व मनाइन्थ्यो ।

एक विश्वास अनुसार, येशूको जन्ममा खुसी व्यक्त गर्न सबै देवताहरूले क्रिसमस ट्रीलाई सजाएका थिए। यही मान्यता अनुसार क्रिसमसको अवसरमा मानिसहरूले क्रिसमस ट्रीलाई रङ्गिन बत्तीले सजाउने गर्छन् ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १२ : ५५ बजे

ब्ल्याक होलमा खसेपछि के हुन्छ : नासाले बनायो ३६० डिग्रीको यस्तो भिडियो

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बनाएको एउटा सिमुलेशनका माध्यमबाट मानिसहरूले

मोहन्यालका ग्रामीण सडकको स्तरोन्नति 

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिका क्षेत्रभित्रका ट्रयाक खोलिएका

कोशीबाट एमालेसँग हिसाब मिल्दा सुदूरपश्चिमका सोडारी ढुक्क, जेठ ३ गते विश्वासको मत लिने

काठमाडौं- कोशी प्रदेशमा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीलाई माधवकुमार नेपाल नेतृत्वको

पाहा मार्न गएका युवा खोलामा बेपत्ता

ओखलढुङ्गा– ओखलढुङ्गामा खोलामा पाहा मार्ने क्रममा एकजना बेपत्ता भएका छन्

सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेट, नीति तथा कार्यक्रम प्रस्तुतबारे छलफल 

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण