क्रिसमसकाे अवसरमा सिंगारीएका क्रिसमस ट्री (तस्बिरहरु)  « Khabarhub

क्रिसमसकाे अवसरमा सिंगारीएका क्रिसमस ट्री (तस्बिरहरु) 



काठमाडौं- क्रिश्चियन धर्मावलम्बीहरूको पर्व क्रिसमस डे भोलि मनाइँदैछ । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले यो पर्व मनाउने गर्दछन् । यस दिन उपहारहरु साटासाट गरिंदै, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरी गिर्जा घरहरुमा गएर क्रिसमस मनाइन्छ। क्रिसमस सुरु हुनु केही दिनअघि देखिनै विभिन्न किसिमका गिफ्ट तथा क्रिसमस ट्रीहरु सजाएर राख्ने गरिएको पाइन्छ ।

 क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाइने एक पर्व हो । यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक बिदा दिइन्छ । क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि सुरुवात हुन्छ ।

यस पर्वमा क्रिसमस ट्रीको विशेष महत्त्व छ । क्रिसमस ट्री सजावट धेरै वर्ष पहिले उत्तरी युरोपबाट सुरु भएको मानिन्छ । तर, त्यस बेला मेला नामको रुख सजाएर जाडो पर्व मनाइन्थ्यो ।

एक विश्वास अनुसार, येशूको जन्ममा खुसी व्यक्त गर्न सबै देवताहरूले क्रिसमस ट्रीलाई सजाएका थिए। यही मान्यता अनुसार क्रिसमसको अवसरमा मानिसहरूले क्रिसमस ट्रीलाई रङ्गिन बत्तीले सजाउने गर्छन् ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १२ : ५५ बजे

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र