उच्च अदालतमा पनि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली सुरु « Khabarhub

उच्च अदालतमा पनि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली सुरु


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकका सबै उच्च अदालतमा आजदेखि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली लागू गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज उच्च अदालत पाटनमा सो प्रणालीको उद्घाटन गरे ।

यसअघि गोला प्रथाबाट पेसी तोकिँदै आएको थियो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेसी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।

सर्वोच्च अदालतमा गत भदौ ११ गतेदेखि पेसी तारिख स्वचालित प्रणालीअनुसार तोक्ने अभ्यास सुरु गरिएको थियो ।

स्वचालित प्रणाली लागू भएपछि कर्मचारीहरूले आफ्नो इच्छा अनुसार तारिख तोक्ने पद्धतिको अन्त्य भएको छ । अब मुद्दाको प्रकृति र प्राथमिकताका आधारमा स्वचालित रुपमा तारेखको मिति निर्धारण हुनेछ ।

 

 

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १ : १७ बजे

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ