प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशको लगातार तेस्रो जित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशको लगातार तेस्रो जित


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशले लगातार तेस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मधेश प्रदेशलाई ६० रनले हराउँदै कोशीले लगातार तेस्रो जित हात पारेको हो ।

कोशी प्रदेशले दिएको १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रनमा समेटियो ।

मधेशको लागि साना प्रविणले सर्वाधिक २७ रन जोडिन् । यस्तै, आरति महतोले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

कोशीका लागि सबनम राइ र एलिसा खडियाले दुई–दुई तथा रुविना क्षेत्री र संगीता राईले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो ।

कोशीकी रुविना क्षेत्रीले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेलिन् । यस्तै, अप्सरी सरस्वती कुमारी चौधरीले ३९ तथा सबनम राईले १६ रन बनाए ।

मधेशकी मिना महतोले दुई तथा पूजा महतो र सरस्वती चौधरीले एक–एक विकेट लिए ।

यसअघिका खेलमा कोशीले कर्णाली र बागमती प्रदेशलाई हराएको थियो । मधेश भने बागमती र एपीएफसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १ : ३२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको