लुम्बिनीमा तेस्रो पटक मन्त्रिपरिषद विस्तार, मन्त्रीको सङ्ख्या ९ पुग्यो « Khabarhub

लुम्बिनीमा तेस्रो पटक मन्त्रिपरिषद विस्तार, मन्त्रीको सङ्ख्या ९ पुग्यो


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् ।

केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

केसी बाँके क्षेत्र नम्बर १ बाट माओवादीको तर्फबाट र थापा प्युठान प्रदेशसभा २ मा कांग्रेसको तर्फबाट विजयी भएका सांसद हुन ।

लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित ७ जना मन्त्री रहेका थिए । दुई मन्त्रीको शपथसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या ९ पुगेको छ ।

नवनियुक्त मन्त्रीहरूले बुटवलमा शपथ ग्रहण गरे पनि पदभार ग्रहण गर्न दाङ जाने छन् । लुम्बिनी प्रदेशमा १० मन्त्रालयमध्ये वन मन्त्रालय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राखेका छन् ।

वैशाख १४ गते पहिलो पटक मन्त्रीपरिषद् विस्तार गरेका मुख्यमन्त्री चौधरीले जेठमा दोस्रोपटक विस्तार गरेका थिए । यो तेस्रोपटक विस्तार गरिएको मन्त्रिपरिषद हो ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ४ : ४५ बजे

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए