खुला विश्वविद्यालयका विद्यार्थीलाई परीक्षामा सामेल गराउने सर्वोच्चको आदेश परिषदले मानेन « Khabarhub

खुला विश्वविद्यालयका विद्यार्थीलाई परीक्षामा सामेल गराउने सर्वोच्चको आदेश परिषदले मानेन


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको आदेश नेपाल कानुन व्यवसायी परिषदले नमान्ने भएको छ । खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण विद्यार्थीलाई यही पुस १३ र १४ गते हुने अधिवक्ताको लाइसेन्ससम्बन्धी परीक्षामा सहभागी गराउन सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार आदेश दिएको थियो ।

आइतबार महान्यायधिवक्ताको कार्यालयका अधिकारीहरु र परिषदका कर्मचारीबीच भएको छलफलले खुला विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीलाई १३ र १४ गतेको परीक्षामा सामेल नगराउने निर्णय लिएको स्रोतले बतायो ।

परिषद स्रोतले खबरहबसँग भन्यो, ‘सर्वोच्च अदालतबाट परीक्षामा सामेल गराउनू भन्ने आदेश भए पनि प्राविधिक कारणले १३ र १४ गतेको परीक्षामा सामेल गराउने अवस्था छैन,’ पछि कुनै पूरक व्यवस्था गरेर परीक्षामा सहभागी गराइने छ ।’

नेपाल कानुन व्यवसायी परिषदले आइतबार एक सूचना जारी गर्दै कानून अधिवक्ताको परीक्षाको सकै तयारी पूरा भइसकेकाले पुस १३ र १४ गते नै हुने जनाएको छ ।

तर, खुला विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीको हकमा आवश्यक व्यवस्थापकीय कार्य सम्पन्न गरी नियमअनुसार परीक्षा फारमका लागि सूचना जारी गर्ने परिषदका सचिव भानदेव जोशी द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘सर्वोच्च अदालतले परीक्षामा सहभागी गराउन दिइएको आदेश परिषदले उल्लङ्घन गरेको छ,’ खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण छात्रा मनिषा गौतमले खबरहबसँग भनिन्, ‘हामी विद्यार्थीहरुले परीक्षा फर्मसमेत भर्न पाएका छैनौं, सम्मानित अदालतले आदेश दिँदा पनि नटेर्ने र विद्यार्थीको भविश्यमाथि खेलवाड गर्ने काम भयो, अब हामीले कहाँ गएर, कसरी न्याय पाउने ?’

परिषदले खुला विश्वविद्यालयका विद्यार्थीहरुलाई १३ र १४ गतेको परीक्षामा सहभागी गराउन नसकिने जानकारी दिएको एक विद्यार्थीले बताए । उनले भने,‘सर्वोच्चको आदेश हामीलाई १३ र १४ को परीक्षामा सहभागी गराउनू भन्ने थियो ।’

यो पनि…

खुल्ला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको परीक्षामा रोक नलगाउन सर्वोच्चको आदेश

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ५ : ०० बजे

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

पूर्वराष्ट्रपति भण्डारीको अभिव्यक्ति र एमालेका नेताको छुट्टै भेला आश्चर्यजनक : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजसंस्थाका

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग