दुई वर्षको ए डिभिजन लिग तयारी खर्च अझै पाएनन् क्लबले, भुक्तानीका लागि निवेदन « Khabarhub

दुई वर्षको ए डिभिजन लिग तयारी खर्च अझै पाएनन् क्लबले, भुक्तानीका लागि निवेदन


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ए डिभिजनका ६ क्लबले लिगको तयारी रकमको भुक्तानी नपाए एन्फाका कुनैपनि प्रतियोगितामा भाग नलिने घोषणा गरेका छन।

ए डिभिजनका ६ वटा क्लबले एन्फाका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्कालाई ज्ञापन पत्र बुझाउँदै एक हप्ताभित्र तयारी वापतको रकमको भुक्तानी नपाए एन्फाका कुनैपनि कार्यक्रममा भाग नलिने चेतावनी दिएका हुन ।

एन्फामा ज्ञापन पत्र बुझाउने क्लबमा चर्च ब्वाईज युनाईटेड, खुमलटार युवा क्लब, मनाङ मस्र्याङ्दी क्लब, सातदोबाटो युथ क्लब, एनआरटी क्लब र फ्रेन्ड्स क्लब रहेका छन ।

सहिद स्मारक ए डिभिजन लिगमा २०७८–०८९ र ०८९–०८० को तयारी रकम अझैसम्म नपाएको उनीहरुको गुनासो छ ।

लामो समयसम्म तयारी वापतको रकम नपाउँदा क्लबलाई परेको समस्या र यसको असर प्रति एन्फालाई गम्भिर ध्यानाकर्षण गराउँदै उनीहरुले निवेदन दर्ता गराएका हुन ।

ए डिभिजनका क्लबले पछिल्ला दुई सिजनको लिगको तयारी खर्च एन्फाबाट पाएका छैनन् ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : १४ बजे

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।