दुई वर्षको ए डिभिजन लिग तयारी खर्च अझै पाएनन् क्लबले, भुक्तानीका लागि निवेदन « Khabarhub

दुई वर्षको ए डिभिजन लिग तयारी खर्च अझै पाएनन् क्लबले, भुक्तानीका लागि निवेदन


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ए डिभिजनका ६ क्लबले लिगको तयारी रकमको भुक्तानी नपाए एन्फाका कुनैपनि प्रतियोगितामा भाग नलिने घोषणा गरेका छन।

ए डिभिजनका ६ वटा क्लबले एन्फाका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्कालाई ज्ञापन पत्र बुझाउँदै एक हप्ताभित्र तयारी वापतको रकमको भुक्तानी नपाए एन्फाका कुनैपनि कार्यक्रममा भाग नलिने चेतावनी दिएका हुन ।

एन्फामा ज्ञापन पत्र बुझाउने क्लबमा चर्च ब्वाईज युनाईटेड, खुमलटार युवा क्लब, मनाङ मस्र्याङ्दी क्लब, सातदोबाटो युथ क्लब, एनआरटी क्लब र फ्रेन्ड्स क्लब रहेका छन ।

सहिद स्मारक ए डिभिजन लिगमा २०७८–०८९ र ०८९–०८० को तयारी रकम अझैसम्म नपाएको उनीहरुको गुनासो छ ।

लामो समयसम्म तयारी वापतको रकम नपाउँदा क्लबलाई परेको समस्या र यसको असर प्रति एन्फालाई गम्भिर ध्यानाकर्षण गराउँदै उनीहरुले निवेदन दर्ता गराएका हुन ।

ए डिभिजनका क्लबले पछिल्ला दुई सिजनको लिगको तयारी खर्च एन्फाबाट पाएका छैनन् ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : १४ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका