जम्मु कश्मीरलाई भारतका अन्य भागसँग जोड्ने रामवन भायडक्टको निर्माण पूरा « Khabarhub

जम्मु कश्मीरलाई भारतका अन्य भागसँग जोड्ने रामवन भायडक्टको निर्माण पूरा


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- जम्मु र कश्मीरलाई भारतका अन्य भागसँग जोड्ने रामवन भायडक्टको निर्माण पूरा भएको छ । भारतका केन्द्रीय यातायातमन्त्री नितिन गडकरीले रामवन भायाडक्टको निर्माण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।

१।०८ किलोमिटर लम्बाईको चार लेन निर्माण गर्न ३ सय २८ करोड भारतीय रुपैयाँ खर्च भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यस भायाडक्टको संरचनात्मक डिजाइनमा कंक्रीट र स्टिल गर्डरको प्रयोग गरिएको छ ।

यो आयोजनाले राष्ट्रिय राजमार्ग–४४ को उधमपुर–रामवन खण्डलाई जोड्नेछ । २६ स्प्यानमा बनेको यस भायाडक्टको काम सम्पन्न भएसँगै रामवन बजारको बजारको ट्राफिक जाममा कमी आउने अपेक्षा गरिएको छ ।

यस आयोजनाको निर्माणसँगै जम्मु कश्मीरमा पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १२ : ०४ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक