जसपा कार्यकारिणी समितिको बैठक पुस १० गते बस्ने | Khabarhub Khabarhub

जसपा कार्यकारिणी समितिको बैठक पुस १० गते बस्ने


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा पुस १० गते बस्नेछ ।

राष्ट्रियसभामा जसपाले ४ सिट पाउनुपर्ने बताएको छ । तर, गठबन्धन दलहरूबिच भागबन्डा अझै टुङ्गिएको छैन ।

१९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले सिट बाँडफाँड गर्नेछन् ।

राष्ट्रियसभामा एमालेका ९ सांसद, नेपाली कांग्रेसका ४,  माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका ३ (स्वतन्त्र सांसद खिमलाल देवकोटासहित) र जसपाका एक जना सांसदको पदावधि सकिँदै छ ।

गठबन्धन दलमा आफ्ना सांसद कायम राखेर नेकपा एमालेका ९ सांसद भागबन्डा मिलाउने तयारी छ । यस्तोमा जसपाको भागमा २ सिट मात्र पर्न सक्ने देखिएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १० : ३३ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले