गाजा युद्धमा इजराइली सेनाले ‘ठूलो मूल्य’ तिर्नुपरेको छ – नेतान्याहु « Khabarhub

गाजा युद्धमा इजराइली सेनाले ‘ठूलो मूल्य’ तिर्नुपरेको छ – नेतान्याहु


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमाससँगको लडाइँमा मारिएका इजराइली सैनिकको सङ्ख्या बढिरहेकाले गाजा युद्धका लागि ‘ठूलो मूल्य’ तिर्नुपरिरहेको बताएका छन् ।

‘गाजा युद्धको एउटा कठिन दिनपछि यो कठिन बिहान हो’, शुक्रबारयता प्यालेस्टिनी क्षेत्रमा १४ सैनिक मारिएको सेनाले घोषणा गरेपछि उनले भने, ‘युद्धले धेरै ठूलो मूल्य तिरिरहेको छ तर हामीसँग लडिरहनुको कुनै विकल्प छैन।’

‘हमासलाई विनाश गर्ने, हाम्रा बन्धकलाई फिर्ता गर्ने र इजराइल राज्यका लागि फेरि कहिले पनि गाजा खतरा बन्ने छैन भन्ने सुनिश्चित गर्ने हाम्रा सबै लक्ष्य प्राप्त नगरेसम्म, अन्तिमसम्म, विजय नभएसम्म सम्पूर्ण शक्तिका साथ काम गरिरहने छौं’, उनले भने, ‘स्पष्ट हुन दिनुहोस् । हमास समाप्त नभएसम्म हामी उत्तर र दक्षिण दुवै स्थामा सुरक्षा पुनःस्थापित गर्नेछौं ।’

अक्टोबर २७ मा इजराइलको स्थल हमला सुरु भएपछि इजराइली सेनाले प्यालिस्टिनी क्षेत्रमा एक सय ५३ सैनिकलाई गुमाएको छ । यसमा शनिबार १० सैनिक पनि सामेल छन्।

लेबनानसँग आफ्नो उत्तरी सीमामा हिजबुल्लाह लडाकूहरूको पनि सामना गरिरहेको इजराइली सेनाका लागि यो सबैभन्दा घातक दिनहरूमध्येको एक भएको छ ।

यसैबीच हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले इजराइलसँग युद्ध सुरुभएयता प्यालेस्टिनी क्षेत्रमा कम्तीमा २० हजार चार सय २४ जनाको ज्यान गएको आइतबार बताएको छ।

दक्षिणी इजराइलमा अक्टोबर ७ मा हमासले आक्रमण सुरु गरेपछि भएको युद्धको पछिल्लो २४ घन्टामा एक सय ६६ जनाको मृत्यु भएको हमासले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १० : ४८ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले