गाजा युद्धमा इजराइली सेनाले ‘ठूलो मूल्य’ तिर्नुपरेको छ – नेतान्याहु « Khabarhub

गाजा युद्धमा इजराइली सेनाले ‘ठूलो मूल्य’ तिर्नुपरेको छ – नेतान्याहु


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमाससँगको लडाइँमा मारिएका इजराइली सैनिकको सङ्ख्या बढिरहेकाले गाजा युद्धका लागि ‘ठूलो मूल्य’ तिर्नुपरिरहेको बताएका छन् ।

‘गाजा युद्धको एउटा कठिन दिनपछि यो कठिन बिहान हो’, शुक्रबारयता प्यालेस्टिनी क्षेत्रमा १४ सैनिक मारिएको सेनाले घोषणा गरेपछि उनले भने, ‘युद्धले धेरै ठूलो मूल्य तिरिरहेको छ तर हामीसँग लडिरहनुको कुनै विकल्प छैन।’

‘हमासलाई विनाश गर्ने, हाम्रा बन्धकलाई फिर्ता गर्ने र इजराइल राज्यका लागि फेरि कहिले पनि गाजा खतरा बन्ने छैन भन्ने सुनिश्चित गर्ने हाम्रा सबै लक्ष्य प्राप्त नगरेसम्म, अन्तिमसम्म, विजय नभएसम्म सम्पूर्ण शक्तिका साथ काम गरिरहने छौं’, उनले भने, ‘स्पष्ट हुन दिनुहोस् । हमास समाप्त नभएसम्म हामी उत्तर र दक्षिण दुवै स्थामा सुरक्षा पुनःस्थापित गर्नेछौं ।’

अक्टोबर २७ मा इजराइलको स्थल हमला सुरु भएपछि इजराइली सेनाले प्यालिस्टिनी क्षेत्रमा एक सय ५३ सैनिकलाई गुमाएको छ । यसमा शनिबार १० सैनिक पनि सामेल छन्।

लेबनानसँग आफ्नो उत्तरी सीमामा हिजबुल्लाह लडाकूहरूको पनि सामना गरिरहेको इजराइली सेनाका लागि यो सबैभन्दा घातक दिनहरूमध्येको एक भएको छ ।

यसैबीच हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले इजराइलसँग युद्ध सुरुभएयता प्यालेस्टिनी क्षेत्रमा कम्तीमा २० हजार चार सय २४ जनाको ज्यान गएको आइतबार बताएको छ।

दक्षिणी इजराइलमा अक्टोबर ७ मा हमासले आक्रमण सुरु गरेपछि भएको युद्धको पछिल्लो २४ घन्टामा एक सय ६६ जनाको मृत्यु भएको हमासले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १० : ४८ बजे

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

किएभमा रुसको भीषण हवाई हमला, दुई जनाको मृत्यु

युक्रेन– रुसले युक्रेनको राजधानी किएभ माथि पुनः ठूलो हवाई हमला

नोबेल शान्ति पुरस्कार घोषणामा ट्रम्पको प्रभावबारे बहस

ओस्लो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको नोबेल शान्ति पुरस्कारका

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन

ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं– ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको