आज साँझबाट मौसममा क्रमिक सुधार हुने « Khabarhub

आज साँझबाट मौसममा क्रमिक सुधार हुने


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका खासगरी पूर्वी भेगबाहेक अधिकांश क्षेत्रमा बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात गराएको हो ।

महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पहाडी भू–भागमा वर्षा र हिमपात भइरहेको छ । तराईका केही भेग र गण्डकी प्रदेशमा बदली रहेको छ । काठमाडौँ उपत्यकाको आकाशमा हल्का बदली रहेको छ । साँझबाट मौसम क्रमिक रुपमा सुधार हुनेछ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षा हुनका साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १२ : ३९ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल