गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामाथि सुनुवाइ जारी « Khabarhub

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामाथि सुनुवाइ जारी


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताको वैधतामा प्रश्न उठाएर दायर रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

नागरिकताको वैधतामा प्रश्न उठाउँदै लामिछानेको प्रतिनिधिसभा सदस्य खारेजीको माग गर्दै अधिवक्ता रबिराज बसौला समेत र अधिवक्ता युवराज पौडेलसमेतले दायर गरेको दुई वटा छुट्टाछुट्टै रिटमाथि बुधबार संयुक्त रुपमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू  विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा सहभागी संवैधानिक इजलासमा गृहमन्त्री लामिछाने विपक्षी बनाइएको मुद्दामाथि सुनुवाइ भइरहेको हो।

लामिछानेविरुद्धको मुद्दामाथिको सुनुवाइका लागि गठित इजलासमा बुधबार विश्वम्भर प्रसाद श्रेष्ठ थपिएका छन् भने प्रकाशमानसिंह राउतलाई हटाइएको छ। गत २२ पुसको सुनुवाइमा श्रेष्ठ बिदामा थिए।

अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीसहितको माग गर्दै गत २८ मंसिरमा लामिछानेविरुद्ध रिट दर्ता गरिएको थियो।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १ : ०१ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ