नगरपालिकाको संयुक्त लगानीमा चिस्यान केन्द्र निर्माण  « Khabarhub

नगरपालिकाको संयुक्त लगानीमा चिस्यान केन्द्र निर्माण 


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा एक सय तीस मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न भएको छ । 

व्यास नगरपालिका-११ स्थित गैह्रबारीमा तीन रोपनी सार्वजनिक जग्गामा  एक करोड ६२ लाख ३२ हजार दुई सय ६४ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । वर्षौँदेखि व्यक्तिले कब्जा गरी भोगचलन गर्दै आएको उक्त सार्वजनिक जग्गा नगरपालिकाले संरक्षण गरी हाल चिस्यान केन्द्र निर्माण गरेको व्यास नगरपालिकाका अधिकृत भेषराज तिवारीले जानकारी दिए । 

केन्द्रको देवचुली कन्टक्सन कम्पनी प्रालिले २०७८ भदौ १३ गते सम्झौता गरी निर्माण थालेको थियो । गण्डकी प्रदेश सरकारको ७० प्रतिशत र व्यास नगरपालिकाको ३० प्रतिशत लगानीमा केन्द्र बनाइएको हो । नगरपालिकामा चिस्यान केन्द्र  निर्माण भएपछि वार्षिक रू चार-पाँच करोड बाहिरिनबाट रोकिने नगरपालिकाले जनाएको छ ।

यसअघि आलु, फलफूल, तरकारीलगायतका बस्तु कोल्डस्टोरमा राख्नुपर्ने भएकाले पोखरा र चितवन लैजाने गरिन्थ्यो । चिस्यान केन्द्र निर्माण सम्पन्न भएपनि थ्रीफेस लाइन जडान बाँकी रहेकाले जडान प्रक्रिया अघि बढाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । 

जेनेटर चलाउनको लागि विद्युत् ट्रान्सफर जडान गर्नुपर्ने भएकाले विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको उनले बताए । चिस्यान केन्द्र चालु आवबाट सञ्चालन गर्ने तयारी गरेको व्यास नगरपालिका कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १ : ५१ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला