बक्सिङ खेलाडी सुष्माको प्रगतिमा प्रधानमन्त्रीले गरे खुसी व्यक्त « Khabarhub

बक्सिङ खेलाडी सुष्माको प्रगतिमा प्रधानमन्त्रीले गरे खुसी व्यक्त


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका बक्सिङ खेलाडी सुष्मा तामाङ फाइनलमा पुगेको खबरले आफूलाई असाध्यै खुसी लागेको बताएका छन् । नेपाली बक्सिङ खेलाडी तामाङ थाइल्याण्डमा जारी एएसबिसी यू-२२ बक्सिङ च्याम्पियन सीपको फाइनलमा प्रवेश गरेकी छिन् ।  

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले तामाङको फाइनल प्रवेशले नेपाल र नेपालीको गौरव बढाएकामा प्रसन्नता व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले खेलाडी तामाङलाई आज हुने फाइनल खेलमा विजयका लागि अग्रिम शुभकामना व्यक्त गरेका छन् ।

बैंककमा आइतबार महिला ४८ किलो तौल समूहको सेमिफाइनलमा सुष्मा मङ्गोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुगेकी हुन् । फाइनल प्रवेशसँगै सुष्माको रजत पदक पक्का भएको छ ।

अब स्वर्ण पदकका लागि सुष्माले आज उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्ने कार्यक्रम छ । आजको खेल फाइनल हो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  २ : ०७ बजे

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष

आजको कार्टुन : प्रधानमन्त्रीको मुड !

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह जनताबाट टाढै रहन रुचाउँछन् । देशमा

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न