बक्सिङ खेलाडी सुष्माको प्रगतिमा प्रधानमन्त्रीले गरे खुसी व्यक्त « Khabarhub

बक्सिङ खेलाडी सुष्माको प्रगतिमा प्रधानमन्त्रीले गरे खुसी व्यक्त


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका बक्सिङ खेलाडी सुष्मा तामाङ फाइनलमा पुगेको खबरले आफूलाई असाध्यै खुसी लागेको बताएका छन् । नेपाली बक्सिङ खेलाडी तामाङ थाइल्याण्डमा जारी एएसबिसी यू-२२ बक्सिङ च्याम्पियन सीपको फाइनलमा प्रवेश गरेकी छिन् ।  

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले तामाङको फाइनल प्रवेशले नेपाल र नेपालीको गौरव बढाएकामा प्रसन्नता व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले खेलाडी तामाङलाई आज हुने फाइनल खेलमा विजयका लागि अग्रिम शुभकामना व्यक्त गरेका छन् ।

बैंककमा आइतबार महिला ४८ किलो तौल समूहको सेमिफाइनलमा सुष्मा मङ्गोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुगेकी हुन् । फाइनल प्रवेशसँगै सुष्माको रजत पदक पक्का भएको छ ।

अब स्वर्ण पदकका लागि सुष्माले आज उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्ने कार्यक्रम छ । आजको खेल फाइनल हो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  २ : ०७ बजे

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र