व्यावसायिक गोलभेँडा खेतीमा कृषक आकर्षित « Khabarhub

व्यावसायिक गोलभेँडा खेतीमा कृषक आकर्षित


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा व्यावसायिक गोलभेँडा  खेतीमा कृषक आकर्षित भएका छन् । जग्गा भाडामा लिएर आधुनिक प्रविधिमार्फत  खेती गर्ने कृषकहरू जिल्लामा बढेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताए। उनका अनुसार गत वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा एक हजार सात सय १९ मेट्रिक टन गोलभेँडा उत्पादन भएको थियो ।  जिल्लामा यस वर्ष ९५ हेक्टर क्षेत्रफलमा व्यावसायिक गोलभेँडा खेती भएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्यांकमा उल्लेख गरिएको छ । ‘पछिल्लो समय व्यावसायिक रूपमै सामूहिक गोलभेँडा खेतीतर्फ कृषकहरू आकर्षित भएका छन्’, सूचना अधिकारी पौडेलले भने, ‘जग्गा भाडामा लिएर आधुनिक प्रविधिमार्फत कृषकले अहिले व्यावसायिक रूपमा सामूहिक गोलभेँडा खेती सुरु गरेका छन् ।’

देवचुली नगरपालिका-१७ मा चार वर्षदेखि १० बिघा जमिन भाडामा लिएर गोलभेँडा खेती सुरु गरेका कृषक गोविन्द बस्याल यसबाट राम्रो आम्दानी हुने बताउँछन्। कृषिमा थोरै श्रम गरेर आम्दानी राम्रो हुने भएकाले यसतर्फ आफूहरू लागि परेको उनको भनाइ छ । ‘स्वदेशमा अवसर नभएको भन्दै युवाहरू विदेश पलायन हुने क्रम बढ्दै जाँदा खेतीयोग्य जमिन बाँझो रहन थालेपछि त्यसको सदुपयोग पनि हुने र युवाहरूलाई स्वदेशमै रोजगारीको सम्भावना छ भन्ने सन्देश प्रवाह गर्न आफैँले टमाटर खेती गरेको हो’, उनले भन्।

यहाँ उत्पादन भएको गोलभेँडा स्थानीय बजारसँगै बुटवल, नारायणघाट, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ । ‘हामीले उत्पादन गरेको गोलभेँडा दैनिकरूपमा पोखरा र काठमाडौँका बजारमा पठाउने गरेका छौँ’, उनले भने, ‘व्यापारी आफैँले हामीलाई सम्पर्क गर्ने हुँदा सहज तरिकाबाट जिल्लाबाहिर निर्यात हुने गरेको छ ।’

गत वर्षको भदौदेखि गोलभेँडा खेती सुरु गरेका गैँडाकोटका कृषक हरि थापाले यो वर्ष मुनाफा हुने बताए। ‘पहिलो वर्ष चालू खर्च मात्र उठाउने लक्ष्य लिएकामा यो वर्ष लगानीसँगै मुनाफा पनि गर्ने लक्ष्य रहेको छ’, उनले भने । जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिकाका कृषकहरू गोलभेँडा खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताए । ‘आधुनिक प्रविधिमार्फत व्यावसायिक रूपमा खेती गर्दा सफल भइन्छ भन्ने उदाहरण यहाँका कृषकहरूले प्रस्तुत गर्न सफल हुनुभएको छ’, उनले भने।  

यहाँका युवाहरूले ग्रामीण कृषि उत्पादक समूह निर्माण गरी विभिन्न निकायहरूको सहयोगमा गत भदौबाट सामूहिक रूपमा व्यावसायिक खेती सुरु गरेको प्रमुख लामिछानेले बताए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ३ : ४६ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला