युक्रेन र फिनल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता « Khabarhub

युक्रेन र फिनल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेन र फिनल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता भएको छ । उनीहरुबीच युक्रेनमा जारी रुसी आक्रमण र यसबाट उत्पन्न सुरक्षा चासोका विषयमा कुराकानी भएको बताइएको छ ।

फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तो हाल युक्रेन भ्रमणका क्रममा राजधानी किभमा छन् । यसै क्रममा उनीहरुबीच भेटवार्ता भएको हो ।

त्यस भेटका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीले युक्रेनलाई फिनल्याण्डले गर्दै आएको सैन्य तथा अन्य सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिएन ।

युक्रेनलाई युरोपियन युनियनले पनि सोमबार मात्र थप सैन्य सहयोग उपलब्ध गराएको थियो । सो सहयोग पचास लाख युरोभन्दा बढी रहेको बताइएको छ ।

सोमबार सो विषयमा युरोपियन युनियनले जानकारी दिएको थियो । यसअघि पनि युक्रेनलाई सहयोग दिँदै आएकामा युरोपियन युनियनका विदेश मन्त्रीहरुको बैठकपछि पचास लाख युरोभन्दा बढी सैन्य सहयोगको घोषणा युरोपियन युनियनले सोमबार गरेको हो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ४ : ०५ बजे

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा