अमेरिकामा फेरि गोलीकाण्ड, तीन जना मारिए « Khabarhub

अमेरिकामा फेरि गोलीकाण्ड, तीन जना मारिए


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा अर्को गोलीकाण्डको घटना सार्वजनिक भएको छ । अमेरिकाको उत्तर पश्चिममा पर्ने वासिङ्टन राज्यको याकिमा सहरमा एक जनाले जथाभावी गोली हानेर तीन जनाको हत्या गरेको जनाइएको छ । याकिमा सहरको एक पसलमा गोली चलेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

गोली प्रहार गर्नुअघि बन्दुकधारीले उक्त पसलमा कुनै पनि विवाद नगरेको र अकस्मात गोली चलाएको पसलमा उपलब्ध सिसी क्यामेराका फुटेजमा देखिएको प्रहरीले बताएको छ ।

पसलमा आएका बन्दुकधारीले सुरुमा यसो यताउता हेरेजस्तो गरेको र पछि आफ्नो साथमा रहेको बन्दुक झिकेर अकस्मात प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

गोली प्रहार गरेपछि सो व्यक्ति कार चलाएर भागेको प्रहरीको भनाइ छ । केही दिनमात्र अघि अमेरिकाको क्यालिफोर्नियामा भएको यस्तै गोलीकाण्डमा परेर १० जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ५ : ४१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस