स्वास्थ्य क्षेत्रका समस्या पहिचान गरी सुधार ल्याउँछौं : मन्त्री गिरी « Khabarhub

स्वास्थ्य क्षेत्रका समस्या पहिचान गरी सुधार ल्याउँछौं : मन्त्री गिरी


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पर्वत– स्वास्थ्यमन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रका समस्याहरूको पहिचान गर्दै परिवर्तनको प्रत्याभूति दिलाउने बताएका छन् । कुश्मा बजारमा आयोजित सातौँ पर्वत महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘म अहिले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरोगरी अध्ययन गर्दैछु । ती समस्या पहिचान गरेर जनतालाई भिन्नताको महसुस गराउने बाचा गर्छु ।’

कार्यक्रममा उनले पर्वत जिल्लाका सातवटै स्थानीय तहमा आगामी ५ वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा पनि गरे । ‘यहाँको जिल्ला अस्पतालमा अत्यावश्यक उपकरणहरूको कमी रहेछ ।

हामीले केही उपकरण अहिल्यै हस्तान्तरण गर्दैछौँआगामी ५ वर्षभित्र सातवटै पालिकामा अस्पताल हुन्छन्, डाक्टर, नर्स र ल्याब हुनेछ । सानोतिनो शल्यक्रिया पनि हुन्छ । कोही पनि उपचार नपाएर मर्ने अवस्था रहँदैन,’ मन्त्री गिरीले भने । उनले ताप्लेजुङदेखि दार्चुलासम्मका समस्या पहिचान गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने बताएका छन् ।

‘गुणस्तरीय स्वास्थ्यको पहुँच सबै जनतामा पुर्‍याउने जिम्मा सरकारको हो । उपचार नपाएर अकालमा मर्नुपर्दैन भन्ने प्रत्याभूति जनतालाई दिलाउनेगरी काम गर्नेछौं’, उनले भने ‘म अब काम गर्नुपर्ने ठाउँमा छु । कसैप्रति आलोचना गर्ने ठाउँमा छैन । अफ्ठेरा छन्, चुनौती छन् । तर, यी चुनौती र अफ्ठेराका बाबजुद जनताका पक्षमा काम गर्ने अठोट गर्नुपर्छ र काम गरेर देखाउनुपर्छ । इतिहासले बारम्बार अवसर दिदैन, थोरै समय अवसर दिन्छ । काम गरेर देखाउन सकियो भने इतिहासमा दर्ज हुन्छ, नत्र यस्ता मन्त्री धेरै आए, गए । इतिहासमै सीमित भए ।’

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ७ : ४१ बजे

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति