प्रेमप्रसाद आचार्यको आत्मदाह सिस्टम चलाउनेको असफलता : महामन्त्री थापा « Khabarhub

प्रेमप्रसाद आचार्यको आत्मदाह सिस्टम चलाउनेको असफलता : महामन्त्री थापा


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले मंगलबार बानेश्वरमा प्रेमप्रसाद आचार्यको आत्मदाह सिस्टम चलाउनेको असफलता रहेको टिप्पणी गरेका छन् ।

महामन्त्री थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ। उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन् पटक पटक घोचिरहेको छ ।’

उनले अगाडि लेखेका छन्, ‘यसो सोच्छु उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुदैनथ्यो कि ? फेरि सोच्छु यो कुनै व्यक्तिको असफलता मात्रै होइन । यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो । म, हामी सिस्टम चलाउनेको असफलता हो । कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिस्टम ठीक हुँदैन । गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ ।’

यस्तै, उनले आचार्यले उठाएको विषयलाई सम्बोधन गर्न निरन्तर लाग्ने पनि उल्लेख गरेका छन् । ‘अब आरोप प्रत्यारोप वा क्षणिक भावनात्मक आवेगभन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भने मात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला,’ थापाले लेखेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : २७ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको