मलेसियामा बाढीका कारण हजारौं विस्थापित « Khabarhub

मलेसियामा बाढीका कारण हजारौं विस्थापित


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिणपूर्वी एसियाली मुलुक मलेसियाका विभिन्न भागमा आएको बाढीका कारण पाँच हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । अविरल वर्षासँगै तीन राज्यमा आएको बाढीका कारण मानिसहरु विस्थापित भएको सरकारी अधिकारीले बताएका हुन् ।

मलेसियाको समाज कल्याण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी प्रभावित क्षेत्र जोहोरमा चार हजार ७०० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको छ भने बोर्नियो टापुमा अवस्थित राज्यहरु सबाह र पाहाङमा पनि बाढीले गर्दा जनजीवन प्रभावित भएको छ ।

सिंचाइ तथा ढल निकास विभागका अनुसार जोहोरका चार वटा नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेपछि नागरिकलाई सावधानी अपनाउन भनिएको छ ।

मलेसियामा उत्तरपूर्वी मनसुनको प्रभाब सामान्यतया नोभेम्बरदेखि मार्चसम्म रहन्छ । मलेसियामा गत वर्ष पनि बाढकिा कारण हजारौँ मानिस प्रभावित बनेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : २२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर