रोयल आचार्य आर्थिक मिडिया सञ्चालक सङ्घको अध्यक्ष चयन « Khabarhub

रोयल आचार्य आर्थिक मिडिया सञ्चालक सङ्घको अध्यक्ष चयन


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आर्थिक मिडिया सञ्चालकको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल इमानको नयाँ कार्यसमिति चयन भएको छ । आज सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधवप्रसाद तिवारी र अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा चयन भएका छन् ।

संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन भएका छन् भने उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टङ्क कार्की निर्वाचित भएका छन् ।

संस्थाको कोषाध्यक्षमा रोजगार मिडियाका फणीन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा चयन भएका छन् । कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम चयन भएकी छिन् ।

आर्थिक विधाका सञ्चारमाध्यमको हकहितका लागि भन्दै गठन गरिएको इमानमा हाल २२ वटा आर्थिक मिडिया सदस्य रहेको अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : ३६ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार