जैविक विविधतासम्बन्धी कर्णालीमा दिगो संरक्षण नीति आवश्यक « Khabarhub

जैविक विविधतासम्बन्धी कर्णालीमा दिगो संरक्षण नीति आवश्यक


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जैविक विविधताको खानी मानिएको कर्णालीमा दिगो विकास संरक्षण नीति बन्नुपर्नेमा जोड दिईएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘राष्ट्रिय विविधता संरक्षण योजना तर्जुमासम्बन्धी परामर्श गोष्ठी’ का सहभागीले मुलुकका सात प्रदेशमध्ये कर्णाली प्रदेश जैविक विविधताका हिसाबले उत्कृष्ट भूमि भएको औँल्याए । गोष्ठीमा वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि हेमलाल अर्यालले विश्व जैविक विविधता संरक्षण लक्ष्य ३ अनुरुप नेपालको समावेशी तथा प्रभावकारी जैविक विविधता संरक्षण राष्ट्रिय योजना तयारीका विषयमा कार्यपत्र प्रस्तुत गरे ।

जलवायु परिवर्तन र जैविक विविधता संरक्षणमा पक्ष राष्ट्रका रुपमा नेपाल रहेको बताउँदै उनले नेपालले कुल भूभागको ४५ प्रतिशत संरक्षण गर्नुपर्ने प्रतिबद्धता गरेको जनाए। गोष्ठीमा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक डा पुष्पराज आचार्यले जैविक विविधता संरक्षण हामी सबैका लागि आवश्यक भएको सुनाए । सामुदायिक वन प्रयोगशाला बन्न सक्ने बताएका उनले संरक्षण भावना नभई जैविक विज्ञान भएको जनाए । प्राध्यापक डा आचार्यका अनुसार जैविक विविधताको संरक्षणबाट कर्णालीसहित सिङ्गो मुलुकलाई आर्थिक समृद्धिमा सहयोग पुग्दछ । तसर्थ, मानव र वन्यजन्तुबीचको पारस्परिक सम्बन्धले समग्र अस्तित्व दीगो बनाउन संरक्षण तथा सम्वद्र्धनको अभियानलाई अगाडि बढाउनै पर्दछ ।

मन्त्रालयअन्र्तगत कर्णाली प्रदेशका सचिव मोहनदेव जोशीले स्थानीय समुदायको अग्रसरतामा जैविक विविधता संरक्षण हुने जनाए । उनले भने, “कर्णालीमा आज पनि ३८ दशमलव ५७ प्रतिशत वन क्षेत्र संरक्षित अवस्थामा छ । यहाँको प्राकृतिकस्वरुप बिग्रन नदिने हो भने पारिस्थितिक प्रणालीको पनि संरक्षण हुन्छ र मानव अस्तित्व दिगो बन्न सक्छ ।”

गोष्ठीका सहभागीले प्राकृतिक स्रोतले सम्पन्न मानिँदै आएको कर्णाली प्रदेश जैविक विविधताको अपार सम्भावना भएकाले तीनै तहका सरकारले स्थानीय समुदायको अधिकारमा आधारित कार्यक्रम तर्जुमा गर्नुपर्ने र त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र संरक्षणमा योगदान पुग्ने सुझाव दिएका थिए । यसरी अगाडि बढ्न सकेमा मात्र नेपाल जैविक विविधताको देश भनेर चिनिएको विरासतलाई कायम राख्न सक्ने उनीहरुको भनाइ थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ८ : ०८ बजे

नेपालगन्ज भन्सार : लक्ष्यको ५२ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ महिनामा

पानीको समान पहुँच सुनिश्चित गर्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी– महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ पर्व

कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर