छायाँनाथ राराभित्रका अवैध संरचना भत्काउन सुरु « Khabarhub

छायाँनाथ राराभित्रका अवैध संरचना भत्काउन सुरु


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मुगु– छायाँनाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ ।

पटक-पटक सूचना जारी गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन आग्रह गरे पनि स्थानीयले अटेरी गरेपछि शुक्रबार नगरपालिकाले आफैँ अवैध संरचना भत्काउन थालेको हो । गत असोज १४ गते पहिलो ३५ दिने सूचना जारी गर्दै नगरपालिकाले गमगढी बजार साँघुरो भएको र सार्वजानिक जग्गा मिचेर बनाइएका संरचना घर, भर्‍याङ, बार्दली, रेलिङलगायत हटाउन आग्रह गरेको थियो ।

त्यसपछि अर्को सूचना मङ्सिर ९ गते र त्यसपछि अर्को सूचना पुस २१ गते लगत्तै सर्वदलीय बैठक बसेर रेखांकन गरेर सार्वजनिक जग्गामा बनाइएका संरचनाको चिह्न लगाउने काम गरिएको थियो । साथै अवैध संरचना हटाउन पुनः फागुन ५ गते अन्तिम सूचना जारी गरेर अवैध संरचना हटाउन आग्रह गरे पनि स्थानीयले कुनै चासो नराखी अटेरी गरेपछि नगरपालिका बाध्य भएर आफै संरचना भत्काउन लागेको नगरप्रमुख विष्णुकुमार भामले बताए।

उनले यो कार्य कुनै स्वार्थका लागि नभई सुन्दर गमगढी बजार बनाउन भएको बताए । सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएपछि स्थानीय प्रशासनको सहयोगमा नगरपालिकाले अवैध संरचना भत्काउने काम गरेको उनले बताए ।

अहिलेलाई सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना घर, भर्‍याङ, बार्दली, रेलिङलगायतका भत्काउने कार्य भएको छ । घरहरूका लागि पुनः सम्बन्धित घरमा १५ दिने सूचना टाँस गरिएको उनले जानकारी दिए। पन्ध्र दिनसम्म पनि सार्वजनिक जग्गामा भएका घर नहटाएमा नगरपालिकाले डोजर लगाएर भत्काउने नगरप्रमुख भामको भनाइ छ ।

गमगढी बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना नगरपालिकाले भत्काउन थालेपछि स्थानीय खुसी भएका छन् । साँघुरो बजारमा आवतजावत गर्न समस्या र आगलागीको जोखिमलगायत एम्बुलेन्स दमकल बजारमा ल्याउन समस्या हुने गरेको छ ।

बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन थालेपछि बजारको सडक फराकिलो भएको र अब सहज हुने स्थानीय दिपेशजङ्ग शाहीले बताए ।

शुक्रबार अदालत चोक छत्त रावलको घरबाट अवैध संरचना भत्काउन गरिएको र पहिलो दिन कृष्ण चोकसम्म भत्काउने काम भएको छ । आइतबार तल्लो बजारमा रहेका अवैध संरचना भत्काउने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ५ : ५७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि