युएईमाथि नामिबियाको सहज जित « Khabarhub

युएईमाथि नामिबियाको सहज जित


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले आफ्नो अन्तिम खेलमा युएईलाई ७ विकेटले पराजित गरेको छ ।

जितसँगै नामिबिया ३६ खेलमा ३९ अंकका साथ लिग-२ समाप्त गरेको छ । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २८.२ ओभरमा ३ विकेट गुमाउँदै जित हासिल गरेको हो । 

नामिबियाको जितमा माइकल भान लिंगेनले ५३ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । नामिबिया कै बेन सिंकोगोले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर २ विकेट लिए । टांगेनी लुंगामेनी र जेरार्ड इरास्मसले २–२ विकेट लिए । लो ह्यान्डरे लरेन्सले ५९ बलमा ६ चौकासहित ४७ रन बनाउन सफल भए ।

दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । युएईका कप्तान सिपी रिजवानले १ सय ४० बलमा २ चौकासहित सर्वाधिक ६० रन बनाए । 

नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ । 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ७ : ४६ बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,