कागेश्वरी मनोहराको ‘खेलकुद सहर’ योजनामा राखेपको ऐक्यबद्धता « Khabarhub

कागेश्वरी मनोहराको ‘खेलकुद सहर’ योजनामा राखेपको ऐक्यबद्धता


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘खेलकुदको सहर’ बनाउने कागेश्वरी मनोहरा नगरपालिकाको महत्त्वाकाङ्क्षी योजनामा नेपाली खेलकुदको सबैभन्दा महत्त्वपूर्ण निकाय राष्ट्रिय खेलकुद परिषद्ले ऐक्यबद्धता जनाएको छ ।

खेलकुदका लागी आवश्यक पर्ने पूर्वाधार निर्माण गर्न र खेलकुदको माहौल बनाउन आपसी सहयोग गर्नेबारे कागेश्वरी मनोहरा र राष्ट्रिय खेलकुद परिषदबीच शुक्रबार सैद्धान्तिक सहमति भएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा आयोजित कार्यक्रममा राखेप सदस्य सचिव टंकलाल घिसिङले कागेश्वरी मनोहराले अघि सारेको योजनामा सहयोग गर्न तयार रहेको बताए । विभिन्न खेलका लागि पूर्वाधार निर्माण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्ने तथा खेलाडी उत्पादन गर्ने अभियानमा राखेपले विशेष साथ र सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

कागेश्वरी मनोहराका नगर प्रमुख उपेन्द्र कार्कीले खेल स्थल निर्माणका लागी आवश्यक जग्गाहरु नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाले उपलब्ध गराएका जग्गाहरूको अध्ययन गरी डिटेल प्रोजेक्ट रिर्पोट तयार गरी अगाडी बढ्नका लागी राष्ट्रिय खेलकुद परिषद्ले आवश्यक बजेट विनियोजन गर्ने राखेपका सदस्य सचिव घिसिडले  जानकारी दिए ।

आगामी मे मा काठमाडौँमा आयोजित एसीसी मेन्स प्रिमियर लिग क्रिकेट प्रतियोगिताका खेलहरु मुलपानी क्रिकेट मैदानमा पनि सञ्चालन हुने भएकाले सो प्रतियोगिता सफल बनाउन नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि नगर प्रमुख कार्काले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : ३० बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान