नेपालका महिला र बालबालिकामा पोषण अपुग | Khabarhub Khabarhub

नेपालका महिला र बालबालिकामा पोषण अपुग

प्राथमिक तहको पोषण भत्ता बढाउन माग


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं, चैत ११ गते। नेपालमा महिला तथा बालबालिकाको लागि पोषणको अवस्था अपुग भएको देखिएको छ। नेपालमा पोषण सम्बन्धी कार्यक्रम तथा सेवाहरू लामो समयदेखि सञ्चालन हुँदै आए पनि महिला, बालबालिका तथा किशोरकिशोरीमा पोषणको अवस्थामा सुधार गर्नुपर्ने देखिएको हो।

नेपालमा बालपोषणको अवस्था चुनौती र सरोकारवालाको भूमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिक कार्यक्रममा सहभागी सरोकारवालाले महिला, बालबालिका तथा किशोरकिशोरमा पोषणको अवस्थामा कमी रहेको बताएका हुन्।

जागृती बाल तथा युवा सरोकार नेपालले तयार पारेको “नेपालमा बाल पोषणको अवस्था २०७९” सार्वजनिक गर्दै उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कुपोषण कम गर्नका लागि सचेतनाको खाँचो रहेको बताएका छन्।
तिमिल्सिनाले भने, ‘हाम्रो परम्परागत छोरी र बुहारीप्रति हेर्ने दृष्टिकोण र खानामा गरिने विभेदको अन्त्य गर्नुे सोचको विकास गर्नुपर्छ।’

कुपोषणमुक्त समाज, बालबालिका राष्ट्रिय गौरवको आधार भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रममा सुनौलो हजार दिनमा नै समग्र मानिसको विकासको आधार रहने भएकाले यसबारे गम्भीर भएर सोच्नुपर्ने बताउनुभएको हो। उक्त पुस्तकमा पोषणको अवस्था बढाउनको लागि स्थानीय तहले ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।

राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेतीले “नेपालमा बालबालिका पोषणको अवस्था” प्रस्तुतिकरण गरेका छन्। मधेश प्रदेशमा ५ वर्षमुनिका बालिबालिकामा पोषणको अवस्था निकै कम देखिएको उनको भनाइ छ।

नेपालमा जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले मधेश प्रदेशमा २९ प्रतिशत बालबालिकामा पुड्कोपन, १० प्रतिशतमा ख्याउटेपन, २७ प्रतिशतमा कम तौल र ५१ प्रतिशतमा रक्तअल्पत्ता भएका पाइएको हो। बागमती प्रदेशमा भने अरु प्रदेशको तुलनामा पोषणको अवस्थामा अलि राम्रो देखिएको छ।

सन् २००१ मा गरिएको अध्ययनले पोषणको कमीका कारण पाँच वर्ष मुनिको बाल मृत्यु दर प्रति एक हजारमा ९१ रहेकोमा सन् २०२२ मा घटेर ३३ पुगेको छ।

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्क अनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको दर उच्च रहेको छ भने ख्याउटेपन र कम तौलको दर मध्यम रहेको छ।

मन्तव्यको क्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले सामाजिक सुरक्षा भत्ता कति र कहिलेसम्म भन्ने विषयमा समीक्षा गर्नुपर्ने दिन आएको विभिन्न अनुसन्धानात्मक सुझाव आएको बताएकी छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव यमलाल भुसालले भएका कानुनको कार्यान्वयनका अवस्थाको मूल्यांकन हुनुपर्नेमा जोड दिएका छन्।

क्यानलानको सहयोगमा आयोजित कार्यक्रममा जागृती युवा तथा बाल सरोकार नेपालका अध्यक्ष तथा सभाध्यक्ष तिलोत्तम पौडेलले आफ्नो मन्तव्यमा कुपोषणको समस्या समाधान गर्न नागरिक समाजको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए।

त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रेशम कँडेल, स्वास्थ्य मन्त्रालयको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रम लागू गरिराखेको र विभिन्न निकायसँग समन्वय गरेर काम भइरहेको बताए।

समग्र नागरिक समाज संगठनका तर्फबाट मन्तव्य राख्दै गैर सरकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराईले हामीसँग भएको उत्पादनलाई प्राथमिकता दिन जरुरी रहेको बताए।

बाल अधिकारकर्मी तारक धितालले पोषणमा ध्यान दिन अब ढिला गर्नु नहुेनमा जोड दिए।
सहभागीहरूले नेपालमा बाल पोषणका लागि रकम बढाउनुपर्नेमा जोड दिए। विद्यालय खाजा कार्यक्रम कम्तिमा माध्यमिक तहसम्म पुर्याउन र प्रति विद्यार्थी खाजाको रकम १५ प्रयाप्त नरहेको गुनासो सहभागीले गरेका हुन्।

जागृति बाल तथा युवा सरोकार नेपालले वकालत, अनुसन्धान र अभियानमार्फत बालबालिका, किशोरकिशोरी र युवाको अधिकारको रक्षाका लागि विभिन्न काम गर्दै आएको छ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ११ : १० बजे

सिनामङ्गल नयाँ पुल क्षेत्रबाट नकुहिने पाँच मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं – बागमती सफाइ महाअभियानको ६१३औँ हप्तामा सिनामङ्गलस्थित वाग्मती नयाँ

अच्युतराज कलौनीको नाममा विद्यालयमा दुई लाखको अक्षयकोष

काठमाडौं – नेपाली कांग्रेस भीममदत्त नगरपालिका कञ्चनपुरका नगर सभापति स्वर्गीय

मधेशवादी दललाई अध्यादेशको पक्षमा ल्याउने प्रयास भइरहेको छः महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले

सन्ध्याले जितिन् ‘मिसेस नोवेल नेपाल २०२५’को उपाधि

काठमाडौं – ‘मिसेस नोवेल नेपाल २०२५’ को उपाधि सन्ध्या लामिछानेले

मुक्तकमैया, कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्नेः मन्त्री राणा

कैलाली – परराष्ट्रमन्त्री आरजु राणा देउवाले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको