रुसलाई चीनले हातहतियार आपूर्ति गरेको छैन : अमेरिकी राष्ट्रपति बाइडेन | Khabarhub Khabarhub

रुसलाई चीनले हातहतियार आपूर्ति गरेको छैन : अमेरिकी राष्ट्रपति बाइडेन


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रुसतर्फ चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए ।

“चीनले अहिलेसम्म रुसलाई हतियार उपलब्ध गराएको छैन भन्नेमा म विश्वस्त छु” क्यानडा भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलनमा भने । साथै उनले चीन र रुसबीचको सम्बन्धलाई सामान्य रुपमा नलिएको बताउँदै पछिल्लो समय सार्वजनिक भएका समाचारमा बढाइचढाइ भएको बताए ।

राष्ट्रपति बाइडेनले प्रजातन्त्रवादी पश्चिमा मुलुकबीचको सुदृढ सम्बन्धमा जोड दिँदै पारस्परिक एकता र सहयोग अपरिहार्य भएको बताए । उनले प्रशान्त क्षेत्रमा विद्यमान अमेरिकी गठबन्धन ‘क्वाड’ र अष्ट्रेलिया, भारत, जापान, अष्ट्रेलिया र बेलायत सम्मिलित अकस महत्वपूर्ण सुरक्षा साझेदार रहेको बताए ।

यसैसाता चिनियाँ राष्ट्रपति सी जिन्पिङले रुस भ्रमण गरी दुई मुलुकबीचको विशेष प्रकृतिको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास गरेको भन्दै राष्ट्रपति बाइडेनले युक्रेनलाई परास्त गर्न चीनले रुसलाई हातहतियार आपूर्ति गर्ने प्रतिबद्धता नजनाएको बताए ।

चीनले रुसलाई हतियार दिने घोषणा गरेको भए अमेरिकासहित पश्चिमा मुलुकले चीनमाथि कडा प्रतिबन्ध लगाउने परिस्थिति सृजना हुन्थ्यो । युरोपमा नै अपर्याप्त भएको रुसी इन्धन चीनले खरिद गर्ने प्रतिबद्धता पनि व्यावहारिक एवम् दीर्घकालीन नभएको अमेरिकी राष्ट्रपतिको विश्लेषण थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  २ : ५१ बजे

‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक’

एजेन्सी– सुडानको आधा भन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता रहको

महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी

हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति गरिँदै

गलकोट–  ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत पर्ने बागलुङको हरिचौर-मल्म-पाण्डवखानी

आन्दोलनरत दललाई वार्तामा आउन नवनियुक्त मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री  सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा

इराकमा आदिवासीबीच झडप, आठ जनाको मृत्यु

एजेन्सी– मध्य इराकमा कृषि जग्गाको विवादलाई लिएर भएको आदिवासी झडपमा