रुसलाई चीनले हातहतियार आपूर्ति गरेको छैन : अमेरिकी राष्ट्रपति बाइडेन « Khabarhub

रुसलाई चीनले हातहतियार आपूर्ति गरेको छैन : अमेरिकी राष्ट्रपति बाइडेन


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रुसतर्फ चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए ।

“चीनले अहिलेसम्म रुसलाई हतियार उपलब्ध गराएको छैन भन्नेमा म विश्वस्त छु” क्यानडा भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलनमा भने । साथै उनले चीन र रुसबीचको सम्बन्धलाई सामान्य रुपमा नलिएको बताउँदै पछिल्लो समय सार्वजनिक भएका समाचारमा बढाइचढाइ भएको बताए ।

राष्ट्रपति बाइडेनले प्रजातन्त्रवादी पश्चिमा मुलुकबीचको सुदृढ सम्बन्धमा जोड दिँदै पारस्परिक एकता र सहयोग अपरिहार्य भएको बताए । उनले प्रशान्त क्षेत्रमा विद्यमान अमेरिकी गठबन्धन ‘क्वाड’ र अष्ट्रेलिया, भारत, जापान, अष्ट्रेलिया र बेलायत सम्मिलित अकस महत्वपूर्ण सुरक्षा साझेदार रहेको बताए ।

यसैसाता चिनियाँ राष्ट्रपति सी जिन्पिङले रुस भ्रमण गरी दुई मुलुकबीचको विशेष प्रकृतिको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास गरेको भन्दै राष्ट्रपति बाइडेनले युक्रेनलाई परास्त गर्न चीनले रुसलाई हातहतियार आपूर्ति गर्ने प्रतिबद्धता नजनाएको बताए ।

चीनले रुसलाई हतियार दिने घोषणा गरेको भए अमेरिकासहित पश्चिमा मुलुकले चीनमाथि कडा प्रतिबन्ध लगाउने परिस्थिति सृजना हुन्थ्यो । युरोपमा नै अपर्याप्त भएको रुसी इन्धन चीनले खरिद गर्ने प्रतिबद्धता पनि व्यावहारिक एवम् दीर्घकालीन नभएको अमेरिकी राष्ट्रपतिको विश्लेषण थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  २ : ५१ बजे

‘सुकुम्वासीको मृत्यु संस्थागत हत्या जस्तै, सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाऔँ’

काठमाडौं- नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति

एक खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक खर्ब बराबरको निक्षेप संकलनका लागि बोलकबोल

दशरथ रंगशालाको मैदानमा घाँस काट्न सुरु

काठमाडौं– लामो समयदेखि खेल गतिविधिविहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर