सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी « Khabarhub

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

शनिबार काठमाडौंमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

प्रचण्डले आइतबार साँझसम्म मन्त्रिमण्डल बाँडफाटका विषयलाई टुंग्याउने र सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी गराएका बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

प्रधानमन्त्रीले सवै दलसँग छलफल गरेका र आइतबार गठबन्धन बैठकमा मन्त्रीहरूको नाम प्रस्ताव हुने पौडेलले जानकारी दिए ।

बैठकमा संसदलाई प्रभावकारी बनाउने, संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकलाई टुङ्गाउन अन्य दलहरूसँग छलफल गर्ने निर्णय भएको उनले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ६ : ५६ बजे

देशभर अत्यधिक गर्मी हुने, तराइका भूभागमा लु चल्ने  

काठमाडौँ – आज देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज जेठ २० गते शनिबारका

आज शनिबार, शनिदेवलाई खुशी पार्नुहोस्

काठमाडौं – आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा

आज २०८० साल जेठ २० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ २० गते शनिबार। ज्योतिष

प्रधानमन्त्री प्रचण्डको सम्मानमा रात्रिभोज

इन्दोर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह