प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकहरुको पहुँच छ : टिकटकका सीईओ « Khabarhub

प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकहरुको पहुँच छ : टिकटकका सीईओ


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ भिडियो सेयरिङ साइट टिकटकका प्रमुख कार्यकारीले प्रयोगकर्ताको डेटामा चीनमा रहेका कम्पनीका प्राविधिकहरुको पहुँच रहेको स्वीकार गरेका छन् ।

अमेरिकी कंग्रेसमा बयान दिँदै टिकटकका प्रमुख कार्यकारी सीईओ शोउ जी चेउले प्रयोगकर्ताको डेटामा चीनमा रहेका प्राविधिकहरुको पहुँच रहेको स्वीकार गरेका हुन् ।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ऊर्जा तथा वाणिज्य समितिको सुनुवाईमा सीईओ शोउ जी चेउले भने ‘हामी विश्वव्यापी अन्तरसञ्चालनमा आधारित छौँ र चीनमा पनि हाम्रा प्राविधिकहरु छन् । त्यसैले हो, चिनियाँ इन्जिनियरसँग विश्वव्यापी डेटाको पहुँच छ ।’

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेका बेला उनको यस्तो बयान आएको हो । उनको जवाफबाट अमेरिकी प्रतिनिधिहरु विश्वस्त हुन असफल भएको विश्लेषण गरिएको छ ।

सुनुवाईका क्रममा टिकटकको डेटामा चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको समेत पहुँच रहेको अमेरिकी प्रतिनिधिहरुले आरोप लगाएका थिए ।

जवाफमा सिंगापुरका नागरिक शोउ जी चेउले आफूले कम्पनीको जिम्मेवारी सम्हालेदेखि चिनियाँ कम्युनिष्ट पार्टीका कुनै पनि प्रतिनिधिले आफूसँग सम्पर्क नगरेको जवाफ दिएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ९ : ०९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल