तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङ्दीलाई | Khabarhub Khabarhub

तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङ्दीलाई


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

रूपेन्देही – बुटवलमा जारी २२औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्याङ्दी क्लबले हात पारेको छ ।देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिम–११ लाई पराजित गर्दै मनाङ मस्याङ्दीले उपाधि हात पारेको हो ।

जितसँगै मनाङले रु ११ लाख ११ हजार एक सय ११ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिम–११ ले रु पाँच लाख ५५ हजार पाँच सय ५५ प्राप्त गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । मनाङले सुदूरपश्चिम–११ लाई सड्नडेथमा ४–३ गोलअन्तरले पराजित गरेको हो ।

पेनाल्टी सुटआउटमा मनाङका चार खेलाडीले गोल गरे पनि अजित गुरुङको प्रहार बिममा लाग्दै बाहिरिएको थियो । यसैगरी सुदूरपश्चिम–११ का चार खेलाडीले गोल गर्दा फागुराम थारूको प्रहारलाई मनाङका गोलरक्षक जियानाथ शेखले सहजै छेक्न सफल भए । पेनाल्टी सुटआउटमा समान ४–४ गोल भएपछि सडनडेथबाट विजेताको टुङ्गो लगाइएको थियो । सडनडेथमा मनाङले ४–३ गोलअन्तरले जित दर्ता गरेको थियो ।

निर्धारित समयको खेलमा दोस्रो हाफमा मनाङका कोफी टिमोथी कोडोले ५९औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सुदूरपश्चिम–११ का लागि ७१औँ मिने फागुराम थारूले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

प्रतियोगितामा सुदूरपश्चिम–११ का फागुराम थारू सर्वोत्कृष्ट खेलाडी बन्दै होन्डाको डियो स्कुटर प्राप्त गर्न सफल भएका छन् । उनले प्रतियोगितामा सर्वाधिक चार गोल गर्न सफल भए । यसैगरी विधागततर्फ वेष्ट फर्वाडरको उपाधिसमेत उनैले जितेका छन् । उक्त उपाधिसँगै उनले रु ३० हजार प्राप्त गरे ।

यसैगरी मनाङका जियानाथ शेख उकृष्ट गोलरक्षक, विसन गुरुङ उत्कृष्ट मिडफिल्डर, क्याप्टेन आशिष गुरुङ उत्कृष्ट डिफेन्डर तथा किरण श्रेष्ठ उकृष्ट कोच बन्दै जनही रु ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ९ : ५९ बजे

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन