बेनी अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा सुरु « Khabarhub

बेनी अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा सुरु


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दी जिल्ला सदरमुकाममा रहेको बेनी अस्पतालले अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिनबाट सेवा दिन सुरु गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघमा उपलब्ध गराएको नयाँ प्रविधिको आधुनिक डिजिटल एक्सरे मेसिन दुई महिनापछि सञ्चालनमा आएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले मन्त्रालयले उपलब्ध गराएको डिजिटल एक्सरे मेसिनमा प्रिन्टर र सफ्टवेयर जडान गरेर यसै हप्तादेखि सेवा सुरु गरिएको जानकारी दिए ।“मेसिन आपूर्ति गर्न मन्त्रालयमा धाइरहेका थियौैँ । पछिल्लोपटक सफल भयौँ”, उनले भने, “एक्सरे मेसिन सञ्चालन गरेर जिल्लावासीलाई सहजरूपमा सर्वसुलभ स्वास्थ्य सेवा दिने व्यवस्था मिलाएका छौँ ।”

नयाँ एक्सरे मेसिन सञ्चालनका लागि तीन सय केभीएको विद्युत् आपूर्ति गराउने संरचना, प्रिन्टर र सफ्टवेयर अद्यावधिक गर्न करिब दुई महिना समय लागेको हो । नयाँ मेसिनबाट बिरामीलाई छिटो र गुणस्तरीय एक्सरे सेवा दिन सकिने अस्पतालका प्रमुख डा शङ्करराज लामिछानेले बताए ।

“यसअघि हामीसँग भएको प्रोटेवल एक्सरे मेसिन बिग्रन थालेपछि नयाँ मेसिन माग गरेका थियौँ”, उनले भने, “मन्त्रालयले रु एक करोड ५० लाख मूल्य बराबरको मेसिन खरिद गरेर उपलब्ध गराएको हो ।” अस्पतालमा यसअघि रहेको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ बेला–बेलामा बिग्रने गर्दा सेवा प्रभावित बनेको थियो ।

बेनी अस्पतालका मेडिकल अधिकृत डा रामु सापकोटाका अनुसार मेरुदण्ड, पेल्भिक, ढाँड, खुट्टालगायतका ठूलो हड्डीको एक्सरे गर्नका लागि ‘हाइ एक्सपोजर’ भएको उपकरण आवश्यक हुन्छ । उपकरणको अभावमा बेनी अस्पतालमा आउने बिरामी एक्सरे गर्न पोखरा वा अन्यत्र जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  १० : ५२ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण