बारामा उपेन्द्र यादव ४ हजारभन्दा बढी मतान्तरले अगाडि « Khabarhub

बारामा उपेन्द्र यादव ४ हजारभन्दा बढी मतान्तरले अगाडि


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन् ।

यादव ४ हजार ४ सयभन्दा बढी मत अन्तरले अगाडि छन् । यादवले १२ हजार ११९ मत पाउँदा उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ७ हजार ६९३ मत पाएका छन् । यादव र कुशवाहबीचको मतअन्तर ४ हजार ४२६ छ ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ३२८ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेलले १९४१ मत पाएका छन् ।

आम जनता पार्टीका उम्मेदवार अरुण कुमार ज्ञवालीले ६२० मत पाएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ९ : ५६ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ