सिटी होटलको आईपीओ बाडँफाँड « Khabarhub

सिटी होटलको आईपीओ बाडँफाँड


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिटी होटलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आईपीओ मंगलबार बाँडफाँड भएको छ । सिटी होटलले चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई १ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुला गरेको थियो ।

यसमा १६ हजार ७४० जना आवेदकहरुले गोलाप्रथामार्फत १० कित्ताले सेयर हात पारेका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यस आईपीओका लागि कुल १९ हजार ७४८ जना आवेदकले आवेदन दिएकामा ९ जनाको आवेदन रद्द भएको हो । 

वैदेशिक रोजगारीमा रहेका आवेदकहरूले बिक्री प्रबन्धकको वेबसाइट र सिटी होटलको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ । 

यता, यस कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि भने वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ । होटलको जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । पहिलो चरणमा सर्वसाधारणलाई छुट्याएको कुल १६ लाख ७४ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री गरिएको हो ।

यस्तै, ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १२ : ५० बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल