बारा २ मा एमालेका उम्मेदवार पौडेलले मतदातालाई दिए धन्यवाद « Khabarhub

बारा २ मा एमालेका उम्मेदवार पौडेलले मतदातालाई दिए धन्यवाद


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनको प्रारम्भिक मतपरिणाममा पछि परेका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातालाई धन्यवाद दिएका छन् । उम्मेदवार पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई मतदान र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।

‘निर्वाचन प्रचारको क्रममा क्षेत्र भरिका आदरणीय जनसमुदायसँग मत मागियो, नेकपा एमालेको तर्फबाट सफल निर्वाचन प्रचार अभियान चलाइयो । ठुलो संख्यामा मतदाताहरुसँग भेटघाट गरियो । पार्टीका श्रद्धेय अध्यक्ष केपी ओली स्वयंम चुनावी कार्यक्रममा सहभागीता जनाउनुभयो । फेरि पनि निर्वाचनको प्रारम्भिक परिणामले हामीलाई उत्साही बनाएको छैन र अझ मेहनत गर्न भनिरहेको अवस्था छ,’ पौडेले भनेका छन् ।

‘अहिलेको जनादेश हाम्रो पक्षमा आउने छाटकाँट देखिएको छैन । यो उपनिर्वाचनले जे जस्तो परिणाम दिए पनि जनादेश भनेको जनादेश नै हो । हामी लोकतान्त्रिक विधिवाट आएको जनादेशलाई स्वीकार गर्दछौ र आफुलाई समीक्षा गरेर जुन सुकै अवस्थामा पनि आफ्नो जिम्वेवारीबाट पछि हट्दैँनौ । हामी आफुमा रहेका कमी कमजोरी हटाउदै आफैलाई पुनर्गठित गरेर अघि बढ्न संकल्पवद्ध छौ ।’ उनले फेसबुक लेखेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १ : ३७ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै