एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन : उपमहासचिव रिमाल « Khabarhub

एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन : उपमहासचिव रिमाल


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आफ्नो पार्टी सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताएका छन् ।

पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका लागि धादिङ पुगेका उपमहासचिव रिमालले प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा आफ्नो पार्टी जिम्मेवार प्रतिपक्ष बनेर खबरदारी गर्ने बताए ।

अर्थतन्त्र सङ्कटमा पर्न नदिन एमालेले जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो । अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षका रुपमा एमालेले खबरदारी जारी राख्ने उनको भनाइ छ ।

फरक प्रसङ्गमा रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको बताए । उनले भने, “यो नतिजाले देशको राजनीतिलाई खास असर गर्दैन । हामीले यो चुनावमा केही पाएनौँ, केही गुमाएनौँ पनि ।”

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  २ : १५ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी