प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनमा छलफल गर्न सांसद पन्तको माग « Khabarhub

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनमा छलफल गर्न सांसद पन्तको माग


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै सदनमा जानकारी गराउन माग गरे ।

भारतले बोलाएको खण्डमा प्रधानमन्त्री प्रचण्ड भारत जानु उपयुक्त हुने बताउँदै उनले हालसम्म भारत भ्रमणको मितिसमेत तय भई नसक्दा पनि प्रधानमन्त्री ‘भारत जान्छु, भारत जान्छु भन्नुहुन्छ’ भन्ने अभिव्यक्ति दिने गरेको भन्दै आपत्ति जनाए । ‘संसदमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुनुपर्छ,’ उनले भने ।

भारत भ्रमणका क्रममा असमान सन्धि, सम्झौता लगायतका विषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ । भारत भ्रमणमा जाँदा संसद् र प्रमुख प्रतिपक्षी दलको समर्थन लिएर जानुपर्ने सांसद पन्तले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ३ : ०६ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी