दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 7 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज दिनभर चितवन-२ मा रवि लामिछाने विजयी, बारा २ मा जसपाका यादवको अग्रता कायमै, लुम्बिनीमा नयाँ सरकार निर्माण प्रक्रियामा ढिलाई, ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज, ड्राइभिङ लाइसेन्स पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाइँदै, १० वर्ष बनाउने तयारी, थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टिलगायतका समाचारले प्रमुख स्थान पाए ।

चितवन-२ मा रवि लामिछाने विजयी 

चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजयी भएका छन् । लामिछाने करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भएका हुन् । उनले ५४ हजार १७६ मत प्राप्त गरेका छन् ।

यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । चितवन-२ मा कुल ७८ हजार २७७ मत खसेको थियो ।

गत मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । पहिलेभन्दा खसेको मत कम भएपनि यसपटक लामिछानेले भने पहिलेभन्दा ४ हजार ९१२ मत बढाएका छन् । यसैबीच, बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

स्टक एक्सचेञ्जलाई सिध्याउने खेलमा लाइसेन्स वितरण गर्दा नीतिगत भ्रष्टाचार भयो : सांसद सिंह 

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्टक एक्सचेञ्जको लाइसेन्स वितरणमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटको लाइसेन्स वितरणमा सरकारले ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

लाइसेन्स वितरण गर्दा सरकारले बोलकबोल आह्वान गर्नुपर्ने भन्दै उनले नेपालभन्दा अर्थतन्त्र र जनसङ्ख्याका हिसाबमा कैयौँ गुणा ठूला छिमेकी चीन र भारतमा पनि दुई वटा मात्र स्टक एक्सचेञ्ज रहेको बताए ।

६० अर्ब पुँजी भएको अहिलेको स्टक एक्सचेञ्जलाई सिध्याउने खेल भएको सिंहको आरोप छ ।

लुम्बिनीमा नयाँ सरकार निर्माण प्रक्रियामा ढिलाई

नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नपाएको दुई दिनसम्म पनि नयाँ सरकार निर्माण प्रक्रियाले प्रवेश पाउन सकेको छैन ।

प्रदेश प्रमुख अमिक शेरचन कानूनी परामर्शमा रहेकाले सरकार गठनका लागि आह्वानमा ढिलाइ भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेपालको संविधान धारा १६८ बमोजिम प्रदेश प्रमुखले प्रदेश सरकार गठनसम्बन्धी व्यवस्था छ ।

नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री लिला गिरीले सोमबार प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको हो । त्यसलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने भन्दै प्रदेश प्रमुखलाई सोहीअनुसार आह्वान गर्न अनुरोध गरेको थियो ।

त्यसअघि एमाले संसदीय दलको बैठकले पनि धारा १६८ को उपधारा २ अनुरुपको सरकार निर्माण भएर विश्वासको मत गुमाएपछि स्वभाविकरुपमा उपधारा ३ अनुसार सरकार निर्माणका लागि आह्वान गर्नुपर्ने आफूहरुको दाबी रहेको एमाले प्रमुख सचेतक तुल्सी चौधरीले बताए । विपक्षी आठ दलले धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन दाबी पेश गरेपछि प्रदेश प्रमुख शेरचनले परामर्श थालेका हुन् ।

प्रदेश कार्यालयका सचिव प्रह्लाद पोखरेलले प्रदेश प्रमुखबाट छिट्टै सरकार बनाउने गरी आह्वान हुने बताए । उनले भने, “प्रदेश प्रमुख कानूनी परामर्शमै हुनुहुन्छ सम्भवतः भोलिसम्ममा नयाँ सरकारका लागि आह्वान हुनसक्छ ।”

ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज

ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद खारेज भएको र उक्त स्थान रिक्त भएको सदनलाई जानकारी गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्राचारअनुसार उनको सांसद पद रिक्त रहेको सभामुख घिमिरेले बताए ।

एक व्यापारीसँग दुई करोड माग गरेको अडिओ सार्वजनिक भएपछि उनी संलग्न पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पद खारेज गर्न संघीय संसद सचिवालयलाई पत्राचार गरेको थियो ।

पार्टी र नेताविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण भयो : कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी र नेताविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण भइरहेको टिप्पणी गरेका छन् ।

मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले पार्टी र नेताविरुद्ध सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी आक्रमण भइरहेको टिप्पणी गरेका हुन् ।

उनले पुराना दलविरुद्ध नयाँ दलहरु सामाजिक सञ्जालमा आक्रामक रुपमा प्रस्तुत भएको बताए । नयाँ दलहरुले पुराना दलहरुलाई मत दिनु हुँदैन भन्ने भाष्य निर्माण गरेको बताए । उनले पार्टीमा धेरै सुधार आवश्यक रहेको समेत बताए ।

भूकम्पपछिको पुनः निर्माणका अझै केही काम बाँकी भए सरकारले पूर्ण सहयोग गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपछिको उद्धार, राहत र पुनःस्थापनामा आर्थिक, भौतिक सहयोग एवम् सद्भाव व्यक्त गर्ने सबैप्रति सम्मान व्यक्त गरेका छन् ।

गोरखा भूकम्पको स्मृतिका अवसरका आज सन्देश दिँदै प्रधानमन्त्रीले पुनः निर्माणका मूलभूत काम सम्पन्न भइसकेपनि अझै केही काम बाँकी भए त्यसका लागि सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने, “यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु । सरकारको प्राथमिकतामा सदाझैँ सम्पूर्ण नेपालीको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु ।”

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी ज्यान गुमाउनेप्रति प्रधानमन्त्रीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यस्तै, मृतकका आफन्तप्रति गहिरो समवेदना प्रकट गरेका छन् । भूकम्पका कारण घाइते एवं अङ्गभङ्ग भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामनासमेत प्रधानमन्त्रीले गरेका छन् ।

भूकम्पपछि २०७३ सालमा गठित आफ्नो नेतृत्वको सरकारको पालामा राष्ट्रिय महत्वका पूर्वाधार एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण, निजी घरको निर्माणमा उल्लेख्य प्रगति हासिल भएको प्रधानमन्त्रीले स्मरण गरे । उनले त्यस अवधिमा निजी घर निर्माणका निम्ति प्रतिघर रु एक लाख अनुदान रकम थप गर्नेलगायत जनतालाई राहत दिन महत्वपूर्ण निर्णय भएको बताए ।

भ्रामक सूचना फैलाएको भन्दै प्राधिकरणद्वारा फ्लाई दुबईका दुई प्रतिनिधिको पास रोक्का

भ्रामक सूचना फैलाएको आरोपमा नेपाल उड्डयन प्राधिकरणले फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास तत्कालका लागि रोक्का गरेको छ ।

सोमबार राति काठमाडौंबाट दुबईका लागि १६८ यात्रु लिएर उडेको फ्लाई दुबईको विमानको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भ्रामक सूचना फैलाएको आरोपमा उनीहरुको पास तत्कालका लागि रोक्का गरिएको प्राधिकरणले जनाएको छ ।

पास रोक्का गरिएसँगै उनीहरुलाई अब विमानस्थल प्रवेश गर्न पाउने छैनन् । नयाँ निर्णय नभएसम्मका लागि उनीहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको हो ।

सोमबार राति नै फ्लाई दुबईले पनि ‘चरासँग जहाज ठोकिएको’ जनाएको थियो  । दुबई सरकारको मिडिया कार्यालयले जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै चरा ठोक्किएको दाबी गरेको छ ।

तर, प्राधिकरणले चरा ठोक्किएको दाबीलाई अस्वीकार गरेको हो ।

ड्राइभिङ लाइसेन्स पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाइँदै, १० वर्ष बनाउने तयारी

सरकारले सवारी चालक अनुमतिपत्र पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाउने भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ड्राइभिङ लाइसेन्स पाँच वर्षमा नवीकरण गर्ने प्रावधानलाई बढाएर १० वर्षमा गर्ने व्यवस्था गर्न लागेको जानकारी दिएका हुन् ।

नवीकरण पाँच वर्षमा छिटो हुने भएकोले यसलाई १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रूपमै प्रक्रिया अगाडि बढाएको मन्त्री ज्वालाले बताए । यसले नयाँ स्मार्ट कार्ड छाप्नका लागि समेत चाप कम हुने मन्त्री ज्वालाको अपेक्षा छ ।

विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ

देशका विभिन्न स्थानबाट लागूऔषधसिहत नौ जना पक्राउ परेका छन् ।

कैलालीकाे गोदावरी नगरपालिका-१ मनहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय चन्दु महतालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै गोदावरी नगरपालिका-५ गेटा मेडिकल कलेज नजिकबाट सोही ठाउँ बस्ने २० वर्षीय मदन चन्द समेत चार जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका-२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेश पाललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ क्याम्प बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका-१ लक्ष्मीटोल बस्ने २३ वर्षीय पदम भट्ट र भिमदत्त नगरपालिका-४ भगतपुर बस्ने ३३ वर्षीय सुरेन्द्र थापा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको सु.प.प्र.०२००३ प ६१७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-७ हल्दुखालस्थित सडक छेउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५६ मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय हरीश भट्टलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९१ नमूनामध्ये १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टीजे परीक्षण गर्दा ४२ जना गरी १३६ जनामा कोरोना देखिएको हो ।

आज थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ । हात संस्थागत आइसोलेशनमा २७ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

सर्लाहीको चन्द्रनगरमा धनी पुर्जा वितरण सुरु

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरेको छ ।

चन्द्रनगर गाउँपालिका–४ स्थित गढ टोलाबाट जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरिएको पालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

वडा नं ४ को दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेर अभियान सुरुआत गरिएको नापी कार्यालयका प्रमुख सञ्जय मनान्धरले बताए । उनका अनुसार पुस्तौँ पुस्तादेखि जोतभोग गरिरहेको गाउँ ब्लक जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरूलाई प्रदान गरिएको छ ।

‘पुस्तौँ देखि जोतभोग गरिरहेको जमिनको पहिलो पटक जग्गा धनी पुर्जा प्राप्त हुँदा आफूलाई निकै खुसी लागेको छ ।’ स्थानीयवासी नागेन्द्र महराले भने, ‘आफ्नो पिता पुर्खादेखि लालपुर्जा नहुँदा धेरै दुःख पाइया थियो । बल्ल अहिले आफूले जोत भोग गरेको जमिनको जग्गाधनी पुर्जा प्राप्त भयो ।’

वर्षौँ वर्षदेखि आफूहरू जग्गा भएर पनि जग्गाविहीन भएर बस्न बाध्य भएकोमा अहिले धनी पुर्जा प्राप्त हुँदा खुसी लागेको अर्की स्थानीयवासी संझादेवी माझीले बताइन् ।

सांसदले उठाएका प्रश्न र सम्बोधनको अवस्था वेबसाइटमा राख्न रास्वपा सांसद कार्कीको माग

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा. तोसिमा कार्कीले सांसदहरुले सदनमा उठाएका प्रश्न र यसबारे भएका सम्बोधनको अवस्थालाई वेबसाइटमा राख्न माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्यमा बोल्दै उनले बैठकमा सांसदहरुले उठाएका प्रश्न र यसबारे सरकारले गरेका सम्बोधनको अवस्थालाई संसद सचिवालयकै वेबसाइटमा राखेर जनतालाई जानकारी गराउनुपर्ने माग गरिन् ।

‘सदनमा उठेका प्रश्नहरुलाई सदनको वेबसाइटमा राख्न र साथै ति प्रश्नहरुको अवस्था के छन् भन्ने बारे आमनागरिकले हेर्ने गरेर व्यवस्था पनि मिलाउन माग गर्छु,’ उनले बैठकमा भनिन् ।

सदनमा सांसदहरुले कुरा उठाउने र सात दिनभित्र सम्बन्धित मन्त्रीबाट जवाफ आउने कानूनी व्यवस्था भए पनि यसप्रति सरकार जिम्मेवार नभएको उनको आरोप छ । उनले ललितपुरमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुनेबारे पनि सरकारसँग जवाफ मागेकी छन् ।

‘संसदमा आइपुग्न अर्बौं खर्च हुन्छ । एक दिनको संसदीय बैठकमा लाखौं खर्च हुन्छ । आर्थिक पक्षभन्दा पनि मूल्यवान आशा भरोसा विश्वास नागरिकको हामीसँग जोडिएको हुन्छ । हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन् । प्रतिनिधिसभा नियामावली २०७९ को नियम १५ को उपनियम २ मा स्पस्ट व्यवस्था छ, सात दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ । तर, खै ललितपुरमा स्वास्थ्य बिमा कहिले आउँछ ? नख्खु भैंसेपाटी सडक कहिले निर्माण हुन्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढ्छ ? यी प्रश्नहरुको जवाफ आएन सभामुख महोदय । सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायि बनाउन आवश्यक छ । सदनमा उठेका प्रश्नहरुलाई सदनको व्यवसाइटमा राख्ने र साथै ति प्रश्नहरुको अवस्था के छन् ? भन्ने बारे आमनागरिकले हेर्ने गरेर व्यवस्था पनि मिलाउ माग गर्छु,’ उनले भनिन् ।

सांसदले उठाएका प्रश्न र सम्बोधनको अवस्था वेबसाइटमा राख्न रास्वपा सांसद कार्कीको माग

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा. तोसिमा कार्कीले सांसदहरुले सदनमा उठाएका प्रश्न र यसबारे भएका सम्बोधनको अवस्थालाई वेबसाइटमा राख्न माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्यमा बोल्दै उनले बैठकमा सांसदहरुले उठाएका प्रश्न र यसबारे सरकारले गरेका सम्बोधनको अवस्थालाई संसद सचिवालयकै वेबसाइटमा राखेर जनतालाई जानकारी गराउनुपर्ने माग गरिन् ।

‘सदनमा उठेका प्रश्नहरुलाई सदनको वेबसाइटमा राख्न र साथै ति प्रश्नहरुको अवस्था के छन् भन्ने बारे आमनागरिकले हेर्ने गरेर व्यवस्था पनि मिलाउन माग गर्छु,’ उनले बैठकमा भनिन् ।

सदनमा सांसदहरुले कुरा उठाउने र सात दिनभित्र सम्बन्धित मन्त्रीबाट जवाफ आउने कानूनी व्यवस्था भए पनि यसप्रति सरकार जिम्मेवार नभएको उनको आरोप छ । उनले ललितपुरमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुनेबारे पनि सरकारसँग जवाफ मागेकी छन् ।

‘संसदमा आइपुग्न अर्बौं खर्च हुन्छ । एक दिनको संसदीय बैठकमा लाखौं खर्च हुन्छ । आर्थिक पक्षभन्दा पनि मूल्यवान आशा भरोसा विश्वास नागरिकको हामीसँग जोडिएको हुन्छ । हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन् । प्रतिनिधिसभा नियामावली २०७९ को नियम १५ को उपनियम २ मा स्पस्ट व्यवस्था छ, सात दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ । तर, खै ललितपुरमा स्वास्थ्य बिमा कहिले आउँछ ? नख्खु भैंसेपाटी सडक कहिले निर्माण हुन्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढ्छ ? यी प्रश्नहरुको जवाफ आएन सभामुख महोदय । सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायि बनाउन आवश्यक छ । सदनमा उठेका प्रश्नहरुलाई सदनको व्यवसाइटमा राख्ने र साथै ति प्रश्नहरुको अवस्था के छन् ? भन्ने बारे आमनागरिकले हेर्ने गरेर व्यवस्था पनि मिलाउ माग गर्छु,’ उनले भनिन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ५८ बजे

भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी

नानिङ – भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त

टरुवा ताल संरक्षणमा जुटे स्थानीय

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल

पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (तस्बिरहरू)

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन

नेपालसामु बंगलादेशसँग दशकअघिको हारको बदला लिने अवसर

काठमाडौं – आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल

नर्वेले युक्रेनलाई दश करोड ३० लाख डलर सहयोग गर्ने

ओस्लो – नर्वेले युक्रेनलाई उसको ऊर्जा पूर्वाधार मर्मत र अर्को