सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो « Khabarhub

सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो रूपमा रहेको छ । देशकै सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या उच्च रहेको पाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा औलो नियन्त्रण कार्यक्रमका अनुसार सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ८१ रहेको छ । सुदूरपश्चिम प्रदेशपछि लुम्बिनी प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ५८ रहेको छ ।

कर्णालीमा ४८, मधेसमा ४४, बागमतीमा ४२, गण्डकीमा १२ र कोशीमा पाँच औलोका बिरामी रहेका छन् । देशभरमै औलोका बिरामीको सङ्ख्या चार सय ९१ रहेको छ । औलोको जोखिममा रहेको जनसङ्ख्या देशभरमा एक करोड एक लाख ४० हजार रहेको छ ।

नेपाल औलो रणनीतिक योजनाअन्तर्गत सन् २०२५ सम्म देशलाई औलो उन्मूलन गर्ने उद्देश्य राखिए पनि सुुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्नुमा खुला सीमा नाका जिम्मेवार रहेको छ । न्यून आयस्रोत भएका व्यक्तिहरू भारतमा मजदुरी गर्न जाने गर्दछन् ।

भारतबाटै औलोको सङ्क्रमण भएर फर्कने हुँदा बिरामीको सङ्ख्या अधिक देखिएको हो । आव २०७९/०८० मा सुदूरपश्चिम प्रदेशमा आयातित बिरामीको सङ्ख्या एक सय ६५ रहेको छ भने स्थानीय बिरामीको सङ्ख्या १६ मात्रै रहेको छ । जोखिमयुक्त मानिने प्लाज्मोडिएम फाल्सिरम बिरामीको सङ्ख्या प्रदेशमा २० रहेको छ ।

औलो रोकथामका लागि ७३ हजार पाँच सय ३८ परिवारलाई विषादीयुक्त झुल वितरणको कार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत हेमराज जोशीले बताए । उनका अनुसार गर्भवती तथा औलोको जोखिममा रहेका व्यक्तिलाई २१ हजार चार सय झुल वितरण गरिएको छ । सबैभन्दा बढी प्रदेशमा १५ वर्षमाथिका एक सय ६४ महिला पुरुषमा औलोको सङ्क्रमण देखिएको छ ।

“प्रदेशमा औलोबारे अनुसन्धान अध्ययन गर्न लामखुट्टे अनुसन्धान प्रयोगशाला स्थापना गरिएको छ”, उनले भने, “प्रयोगशाला स्थापना भएपछि औलो सार्ने लामखुट्टेको पहिचान गर्ने कार्यसँगै ग्रामीण क्षेत्रसम्म औलो जाँचको कार्य भइरहेको छ ।”

औलो रोग निवारणका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने कार्यसँगै अस्पताल, स्वास्थ्य चौकीको क्षमता विस्तारका लागि कार्य भइरहेको भए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । “सीमित साधन स्रोतमै काम गर्नुपरेको छ”, उनले भने, “साधन स्रोतमा वृद्धिसँगै कार्य अगाडि बढाइए औलो उन्मूलनको कार्यमा टेवा पु¥याउन सकिन्छ ।” पहिले हजारौँको सङ्ख्यामा औलोका बिरामी हुने गरेको उल्लेख गर्नुहुँदै उनले औलो निवारणका लागि कार्यक्रम आयोजना हुन थालेपछि औलोका रोगीको सङ्ख्या घट्दै गएको बताए।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : ०७ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच